सरकारले तत्काल महिला मन्त्री नियुक्त गरोस् : महिला सांसदहरु
बुटवल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा मन्त्री तत्काल नियुक्त गर्न महिला प्रदेश सभा सदस्यहरुले माग गरेका छन् । सरकार गठनको २ महिना पुग्न लाग्दासमेत महिला मन्त्रालय खाली हुदा महिला लक्षित कार्यक्रम कार्यान्वयनमा समस्या आएको उनीहरुले बताए । लामो समयसम्म महिला मन्त्री नबनाउदा बल्लतत्ल स्थापित महिला मन्त्रालय नै हट्ने हो कि भन्ने आशंका समेत थपिएको उनीहरुले बताए ।
युएनडिपीको संसद सहयोग परियोजनाको सहकार्यमा संचारिका समूह लुम्बिनीले बुटवलमा आयोजना गरेको परामर्श कार्यक्रममा बोल्दै महिला प्रदेश सभा सदस्यहरुले यस्तो बताएका हुन् । महिला प्रदेश सभा सदस्यहरुले महिला परिषद गठनको कामलाई तत्काल अगाडि बढाउन महिला प्रदेश सभा सदस्यहरुले लुम्बिनी प्रदेश सरकारसित माग गरेका छन् ।
संघीयता आएपनि प्रदेशमा महिलाको कुनै संरचना नभएका बेला महिलाको हीत, संरक्षण र विकासमा काम गर्न परिषद आवश्यक परेको उनीहरुले बताए । महिला परिषदका लागि चालु आर्थिक वर्षमा सरकारबाट बजेट विनियोजन भएकाले छिटोभन्दा छिटो परिषद गठन गरेर काम थाल्न उनीहरुले आग्रह गरे ।
युएनडिपीको संसद सहयोग परियोजनाको सहकार्यमा संचारिका समूह लुम्बिनीले बुटवलमा आयोजना गरेको परामर्श कार्यक्रममा बोल्दै महिला प्रदेश सभा सदस्यहरुले यस्तो बताएका हुन् । लुम्बिनी प्रदेश सरकारले महिला संयन्त्र गठनका लागि भन्दै चालु आर्थिक वर्षमा १ करोड ३० लाख रुपैया विनियोजन गरेको छ । सरकारको नीति कार्यक्रममा समेत प्रदेशमा महिला विकास, संरक्षण, कार्यक्रम कार्यान्वयन र अनुगमनका लागि महिला विकास परिषद गठन गर्ने लक्ष्य राखेको छ । प्रदेश सरकार स्थापनापछि पहिला हटाइएका कृषि, पशु, सडक, वन, शिक्षा लगायतका संरचना पुर्नस्थापित गरिए पनि महिलाको कुनै संरचना नभएका बेला महिला विकास परिषदको आवश्यकता महसुस भएको हो ।
परामर्शमा बोल्दै पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती अधिकारीले महिला प्रदेश सभा सदस्यहरुको माग र नागरिकको आवश्यकताका आधारमा महिलाका विकास परिषद गठनका लागि बजेट छुट्याएको बताइन्। उनले सबैले अपनत्व महसुस गर्नेगरी परिषद गठन गर्न महिला प्रदेश सभा सदस्यहरु तयार समेत रहेको बताइन्। ‘लुम्बिनीमा महिला हिंसा धेरै हुने, विकासमा महिला पछाडि, प्रजनन स्वास्थ्य कमजोर, महिलाका कार्यक्रम र विकास योजना फितला भएका बेला महिला परिषदले सरकारी कार्यक्रमलाई सघाउने विश्वाश लिएका छौं ।’ पूर्व मन्त्री अधिकारीले भन्नुभयो । उहाले सरकारले तत्काल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा मन्त्री नियुक्त गर्नसमेत माग गर्नुभयो । ‘लामो समयदेखि महिला मन्त्रालय खाली छ । सरकारले तत्काल मन्त्री नियुक्त गरोस् ।’ उनले भनिन् ।
परामर्शमा बोल्दै प्रदेश सभा सदस्य जानकी न्यौपानेले १२ वटै जिल्लाका महिला अगुवाको प्रतिनिधित्व हुने र प्रदेश सरकारका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न महिला परिषदको आवाज उठाएको बताइन् । ‘मैले हरेक पटक सदनमा बोल्दा होस् वा सरकारका मुख्यमन्त्री र मन्त्रीहरु भेट्दा तत्काल महिला परिषद गठन गरियोस् भनेकी छु । सरकारले छिटो सुनोस् ।’ उनले भनिन् । प्रदेश सभा सदस्य न्यौपानेले महिला परिषदलाई यो वा त्यो दलको नभइ सबै दल र सबै वर्ग क्षेत्रका महिलाहरुले अपनत्व गर्ने गरी गठन गर्न सरकारले प्रक्रिया थाल्नुपर्ने बताइन् । हरेक काममा कर्मचारीको मात्रै भर पर्दा प्रदेश स्थापनाको ७ वर्ष पुग्दासम्म पनि महिलाको क्षेत्रमा गौरव गर्नसक्नेगरी काम नभएकाले अब परिषद मार्फत काम गर्ने योजना बनाएको उनको भनाइ थियो ।
परामर्शमा बोल्दै प्रदेश सभा सदस्य शान्तिदेवी लोधले मधेशी महिलामा सबैभन्दा धेरै लैगिक हिंसा हुने गरेको बताउनुभयो । मधेशी महिला कुरीति र कुसस्कारको मारमा समेत धेरै परेको तर सरकारका कार्यक्रमले उनीहरुलाई नछोएको उहाको भनाइ थियो । ‘आफैले योजना बनाएको बजेट त सरकारले कसरी कार्यान्वयन हुन्छ भन्ने जानाकारी हुदैन भने सर्वसाधारण त महिलाका कार्यक्रमबारे बेखबर रहेको उनको दावी थियो ।
,