सरकारका नीति कार्यक्रम कार्यान्वयनमा भूमिका खोज्दै लुम्बिनी प्रदेश सभा सदस्यहरु

सरकारका नीति कार्यक्रम कार्यान्वयनमा भूमिका खोज्दै लुम्बिनी प्रदेश सभा सदस्यहरु

भालुवाङ, सरकारको नीति कार्यक्रम बनाउने र त्यसलाई पारित गर्ने काममा खट्छन् प्रदेश सभा सदस्यहरु । तर आफैले पारित गरेको नीति कार्यक्रम र योजना कसरी कार्यान्वयन भइरहेका छन् त्यसबारे सरकारले थाहा दिदैन । 

आफैले बनाएका नीति कार्यक्रम कार्यान्वयनमा आफैलाई नखोजेपछि लुम्बिनी प्रदेश सभा सदस्यहरुले त्यसको कार्यान्वयनमा पनि आफ्नो भूमिका खोज्न थालेका छन् । युएनडिपीको संसद सहयोग परियोजनाको सहकार्यमा संचारिका समूह लुम्बिनीले दाङको भालुवाङमा आयोजना गरेको प्रदेश सभा सदस्यहरुबीच अनुभव आदान प्रदान कार्यक्रममा बोल्दै उनीहरुले । सरकारका कर्मचारीले आफ्नो क्षेत्रमा बजेट कार्यान्वयन गर्दा समेत जानाकारी नगराउदा प्रदेश सरकारका धेरै योजना प्रभावकारी नभएको प्रदेश सभा सदस्यहरुले दाबी गरे । 


आफूहरु प्रदेश सभा सदस्यहरुले समानुपातिक प्रदेश सभा सदस्य भएकै कारण सरकार र मातहत कर्मचारीले विभेद गरेको दावी गरे । उनीहरुले आफ्नो पहलमा ल्याइएका कार्यक्रम कार्यान्वयनको अवस्थाप्रगति सोध्दा समेत मन्त्रालयले नबताउने उनीहरुले बताए । प्रदेश सभा सदस्य जानकी न्यौपानेले कार्यान्वयन गर्ने सरकारी कार्यालयमा पुग्दा प्रत्यक्ष प्रदेश सभा सदस्यले मात्रै योजनाबारे अनुगमन गर्न र प्रगति सोध्न सक्ने जवाफ दिएको गुनासो गरिन् । 

प्रदेश सभा सदस्य हेमा बेल्वासे केसीले निर्वाचन क्षेत्र विकासबाट ल्याइएका कार्यक्रममा समेत आफूले अनुगमन र कार्यान्वयनको अवस्था बुझ्न नपाएको बताइन् । प्रदेश सभा सदस्य यमुना रोकाले सदनबाट पारित गरेका नीति कार्यक्रम र आफ्नो जिल्लामा कार्यान्वयनमा रहेका कार्यक्रमहरुप्रति अपनत्व महसुस गर्ने वातावरण बनाउन माग गरिन् ।

प्रदेश सभा सदस्य ्शान्ति लोधले आफ्नो क्षेत्रमा हुने विकासमा सहभागी हुन र योजना अनुगमनमा प्रदेश सभा सदस्यको भूमिका खोजीदिन आग्रह गरिन्  ।  

संसदीय समिति  सक्रिय नहुने, समितिबाट मात्रै नियमित अनुगमन नहुने हुदा सम्बन्धीत क्षेत्रका विकास योजना कार्यान्वयनमा तत क्षेत्रका सदस्यबाट अनुगमन र निगरानी गराउनु पर्ने उनीहरुको माग थियो । 

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले प्रदेश सरकारका कामबारे ब्रान्डिड. नगर्दा प्रदेश संरचनाप्रति नै प्रश्न उब्जिएको बताए । प्रदेश सरकारले ल्याएका सबै नीति कार्यक्रम र योजना प्रदेश सभाबाट पारित भएकाले त्यसमा सदस्यहरुको अपनत्व रहनुपर्ने उनले जनाए । उनले सरकारका कर्मचारीहरुले  मन्त्रीसंगै सम्बन्धित क्षेत्रका प्रदेशसभा सदस्यहरुलाई पनि अनुगमन र निगरानी गराएर योजना कार्यान्वयन गराउन आग्रह गरे । “सरकारले नीति कार्यक्रम र बजेट प्रदेशसभाबाट पारित गराएर मात्र लागू गर्छ । त्यसपछि बेवास्था गर्दा कामको प्रभावकारिता भएन । योजना कार्यान्वयन गर्दा पनि प्रदेश सदस्यको भूमिका खोजियोस्। प्रदेश सभा सदस्यहरुले पनि भूमिका बढाउन् ।” सभामुख घर्तीले भने । 

कार्यक्रममा उपसभामुख मेनुका खाड केसीले बजेट बनाउने र विनियोजन गर्ने प्रदेश सभा सदस्यले कार्यान्वयन कस्तो भएको छ भन्नेबारे अझबढी ध्यान दिनुपर्ने बताइन् ।  समानुपातिक र महिला प्रदेशसभा सदस्यलाई कर्मचारीले समेत बजेट कार्यान्वयनबारे जानाकारी नदिएको बताउदै उनले  त्यसलाई सच्चाउन आग्रह गरिन् ।  

पूर्व मन्त्री तथा एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले सरकारले के गर्दैछ, सरकारले गरेका काम कस्ता छन्, नागरिकको सन्तुष्टि कस्तो छ भन्नेबारेमा प्रदेशसभा सदस्यहरुले निरन्तर खबरदारी गर्नुपर्ने बताए । प्रदेश सरकारका काममा अनुगमन र निगरानीले कामलाई पारदर्शी र समयसापेक्ष बनाउन सकिने उनले बताए । सरकारका ऐन, नीति र कार्यक्रम बनाउने प्रदेशसभा सदस्यहरुले नागरिकका गुनासा, आवश्यकता र मागलाई बुझ्न पनि अनुगमन र निगरानी जरुरी रहेको बताए । 

भौतिक पूर्वाधार विकास समिति सभापति रामजीप्रसाद घिमिरेले प्रदेश सभा सदस्यले ऐन कानुन बनाउनमा मात्रै सिमित गरेर कर्मचारीको भरमा मात्रै विकास योजना कार्यान्वयन गर्दा प्रभावकारी नभएको बताए । सामाजिक विकास समिति सभापति यमबहादुर नेपालीले नीति कार्यक्रम र बजेट पास गरेपछि नै मन्त्रालयका कर्मचारीले आफूखुसी काम गर्दा त्यसको प्रभावकारिता नभएको जनाए । 

,