राजनीतिमा यूवाको वितृष्णा किन हुदैछ ?

राजनीतिमा यूवाको वितृष्णा  किन हुदैछ  ?

 बिन्दु थापा

पाल्पा,  नेतृत्वको विकास, हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरणको सवाल पछिल्लो समयमा चर्चाको बिषय बनेको छ । नेतृत्व गर्न सक्ने समूह तयार भएको अवस्थामा पटक पटक नेतृत्वमा दोहोरीन पर्ने सोच र चिन्तनले सर्वसत्तावादी बनाउँछ । जो हामीले देखिरहेका छौ । 

अहिले राजनीतिमा युवाको दुई खाले प्रवृत्ति पाइएको छ । पहिलो, युवाको राजनीतिप्रति त्यति धेरै झुकाव छैन । उनीहरूमा राजनीतिमा लागेर के हुन्छ र रु राजनीति त सिनियरहरू अर्थात् हजुरबुवा, बुवा, अङ्कलहरूले गरिरहेका छन् नि भनेर युवापुस्ता राजनीतिबाट टाढा हुन खोजेका छन् ।  मुलुकमा व्याप्त अनियमितता, भ्रष्टाचार र नेताहरूको भूमिका लोकप्रिय नभएका कारण युवापुस्तालाई राजनीति, पार्टी र नेताहरूको नाम सुन्नेबित्तिकै रीस उठ्ने गरेको यूवा राजन घर्ति मगरले बताउनुभयो ।

पछिल्लो समयमा सामाजीक संजाल फेसबुक ,ट्वीटर ,इन्सट्राग्राम लगायतका सामाजिक संजाल, गाउँ, घरपरिवारमा छोराछोरी, भाइभतिजा साथि संगतीकले प्रकट गर्ने अभिव्यक्ति र व्यवहारबाट नै प्रस्ट हुन्छ की हाम्रा नेपाली समाजमा अहिलेको युवापुस्ताको आमव्यवहार नै यस्तो खालको पाइन्छ ।

यसको ज्वलन्त उदाहरण गत निर्वाचनमा सुदूरपश्चिम धनगढी, काठमाडौँ, चितवन, तनहुँ, धरानमा मूलधारका वामपन्थी दल र लोकतान्त्रिक राजनीतिक शक्तिहरूको विकल्पमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरे । विगतका कुनै पनि आन्दोलनमा देखा नपरेका, आन्दोलनमा भाग नलिएका, गाउँ, वडा र टोलमा तिनका कुनैै सङ्गठन संरचना पनि नभएका यस्ता स्वतन्त्र उम्मेदवारले मूलधारका पार्टीका उम्मेदवारलाई पछाडि पारे । यसबाट के बुझिन्छ भने मूलधारका पार्टीले आफ्नो कार्यदिशा, कार्यशैली, सङ्गठन र नेतृत्व गर्ने शैलीमा पनि पुनर्संरचना गरेर नयाँ ढङ्गबाट भूमिका निर्वाह गर्न सकेनन् या त यूवा पुस्तामा पाका पुस्ताको विचार समर्थन गर्ने र सम्मान गर्ने संस्कार हरायो ।  जनतामा नयाँ आशा जगाउन नसकैकारण संस्कार स्थापीत गर्न नसकेकै कारण यस्ते स्थीती सिर्जना भयो भन्ने यूवानेता गीरीजा गैरेको भनाई छ । 

दार्शनिक प्लेटोले राजनीतिमा सहभागी नहुँदा खतरा हुने बताउनुभएको छ उहाँले “राजनीतिमा भाग लिन अस्वीकार गर्नेले दण्डमध्ये एक बेहोर्नु पर्छ । यो हो कि तपाईंभन्दा निम्नस्तरको व्यक्तिद्वारा शासित हुनु हो ।” यसबाट पनि प्रस्ट हुन्छ, युवा पुस्ता राजनीतिमा सहभागी हुँदैनन् वा राजनीतिप्रति चासो राख्दैनन् भने पहिलो पुस्ता वा जसले शासन गरिरहेको छ, उसले नै निर्विकल्प असल वा खराब ढङ्गबाट शासन वा नेतृत्व गरिरहेको हुन्छ ।

नेपालमा कतिपय राजनीतिक दलमा विगत चार दशकदेखि लगातार एकै व्यक्तिले पार्टीको नेतृत्वमा गरिरहेको छ । यसले गर्दा नेतृत्वमा रहेको व्यक्तिले शारीरिक आराम गर्न र ज्ञान बुद्धि बढाउन पाउँदैन । सधैँभरि सीमित ज्ञान र बुद्धिले मात्रै नेतृत्व गरिरहने, घरपरिवार आफन्त र समाजसँग टाढा हुने स्थिति हुन्छ । अर्कोतिर सङ्गठनभित्र अन्य नेता कार्यकर्तामा पनि नेताको अगाडि हामी धेरै जुनियर हौँ, अनुभव छैन, नेताहरूले लाए अराएको मात्रै काम गर्ने हो भन्ने भावनाको विकास गर्छ भने अर्कोतर्फ मै जान्ने सुन्ने छु मैले बाहेक कसैले जानेको छैन भन्ने प्रतृतिले गर्दा पहिलाका नेताहरुको अनुभव बहिस्कार गर्ने परम्परा छ । यही कारण सङ्गठनभित्र र बाहिरका चुनौती सामना गर्न, चिन्तनको विकास र नेतृत्व क्षमता बढाउन नसक्ने अवस्था उत्पन्न भैरहेको छ  ।


सङ्गठनभित्र नयाँ विचार निर्माण र नेतृत्व गर्ने विषय ओझेलमा परेको छ ।  पहिलो पुस्ताका व्यक्तिहरुले जीवनभर राजनीतिक नेतृत्व गरीरहन पर्ने मानसिकतामा बसीरहेका छन्  ।  यसले गर्दा राजनीतिका लागि सहज भन्दा असहज परिस्थिती सिर्जना भएका छन् । नेतृत्वको शान्तिपूर्ण हस्तान्तरण नै नेतृत्व विकासको माध्यम हो । 

हिजो भर्खर देशकै प्रधानमन्त्रीलाई कार्यक्रम स्थलमै प्रहार गरे । यो व्यवहारले यूवाहरु उश्रृङखलता तर्फ धकेलिरहेको भन्ने सन्देश पनि दिन्छ । देशकै प्रधानमन्त्रिलाई समेत सम्मान गर्ने स्थिती छैन नेपालमा । 

नेपालका अधिकांश राजनीतिक दलमा एक पटक नेतृत्वमा पुगेपछि स्वेच्छाले आफ्नो दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गरेको अभ्यास कमै पाइन्छ । नेपाली राजनीतिभित्रको पहिलो पुस्ताको रुढीवादी चिन्तनकै उपजकै कारण दोस्रो पुस्ताले नेता बन्ने अवसर पाएका छैनन् । असल नेताका कामले  र गरेका परिवर्तनसँगै व्रmान्तिको बाटोमा  स्पष्ट ज्ञान हासिल गरेको हुनुु पर्छ । सिङ्गो टिमलाई बाटो देखाउने काम गर्नु पर्छ । त्यति मात्रै होइन, असल नेताले बाटोमै पुगेर आफ्नो टिमलाई कार्यदिशा अनुरूप काममा परिचालन गर्ने सामथ्र्य राख्नु पर्छ । परिस्थिति अनुसार  परिवर्तन र नेतृत्व शैली बदल्नुपर्छ । 


असल नेताले आफ्नो गुणगान गाउने समर्थक बटुल्ने मात्रै होइन, आफू  नेतृत्व गर्न सक्ने नेता विकास गर्नसक्नुपर्दछ  । पार्टीका नीति निर्माणमा समूहमा छलफल गर्ने, आफूसँग अन्तर्निहित अधिकार आफ्ना मातहतकालाई हस्तान्तरण गरेर आफूले अभिभावकत्वको भूमिका निर्वाह गर्नुसक्नुपर्छ तर त्यसो हुन सकिरहेको छैन ।  


यसो हुँदा एउटा निश्चित अवधिमा नेतृत्व हस्तान्तरणको प्रव्रिmयाबाट अर्को व्यक्तिले नेतृत्व सम्हालेर पार्टी सङ्गठनलाई नेतृत्व गर्ने गर्छ । यस किसिमको भावी नेतृत्व विकासको योजनाले स्वाभाविक रूपमा युवामा राजनीति र नेतृत्वप्रति चासो बढेर जान्छ । 

दलहरूभित्र नेतृत्व विकासको नीतिले नेतृत्वको विकास गराउँछ । नेतृत्व गर्न सक्षम भए राजनीतिक, वैचारिक, साङ्गठनिक रुपबाट नेतृत्व हस्तान्तरणको विधिलाई अवलम्बन गर्न सकिन्छ र दलभित्र हुने अस्वस्थ प्रतिस्पर्धा र गुटगत गतिविधि पनि हुर्कन पाउँदैन । 

समयको परिवर्तन, जनचाहना अनुरूप दलभित्र नेतृत्वको हस्तान्तरण, तर्फ ध्यान दिन सके मात्रै ठुला भनिएका दलहरूको अस्तित्व जोगाउन सकिएला  ।  


.