द्धन्द्ध प्रभावीत महिलाहरुको माग ः संक्रमणकालीन न्याय निरुपणमा हाम्रो सहभागिता होस्

बुटवल, संक्रमणकालीन न्याय र द्धन्द्धको दीगो व्यवस्थापनका लागि न्यायिक प्रक्रियामा अनिवार्य रुपमा द्धन्द्ध प्रभावीतहरुलाई सहभागी गराउन रुपन्देहीका द्धन्द्ध प्रभावीतहरुले माग गरेका छन् । द्धन्द्ध प्रभावितको सहभागिता विना न्याय निरुपण प्रभावकारी नहुने भन्दै उनीहरुले न्यायिक प्रक्रियामा सहभागी गराउन माग गरे ।
विश्व शान्ति दिवसको अवसर पारेर मानव अधिकारका लागि महिला एकल महिला समूह रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको द्धन्द्ध प्रभावित र शान्ति विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले द्धन्द्ध प्रभावितको सहभागिता विनाको न्याय निरुपण प्रभावकारी नहुने बताए । द्धन्द्ध प्रभावितहरुले आफूहरुको सहभागिता नहुदा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका काम प्रभावकारी हुन नसकेको बताए । संक्रमणकालीन न्यायको भविष्य यी आयोगको प्रभावकारितामा भर पर्ने बताउदै उनीहरुले त्यसमा आफूहरुको सहभागिता माग गरे । द्धन्द्ध प्रभावितहरुले देशको शाशन व्यवस्थाका लागि ज्यान अर्पण गरेका आफ्ना परिवारको भूमिका नविर्सन समेत आग्रह गरे ।
कार्यक्रममा बोल्दै बुटवल ८ का वडाअध्यक्ष यज्ञप्रसाद पंगेनीले द्धन्द्धप्रभावितहरु अब द्धन्द्ध सम्झेर रुनु साटो आफ्ना परिवारले देशका लागि गरेको योगदान सम्झेर गौरम्वावित हुनुपर्ने बताए । उनले तीन तहकै सरकारले द्धन्द्धप्रभावितका लागि कार्यक्रम ल्याएको बताउदै त्यसमा पहुंच बढाउन समेत माग गरे ।
मानव अधिकारका लागि महिला एकल महिला समूह लुम्बिनीका अध्यक्ष जानकी अर्यालले न्याय निरुपणमा द्धन्द्धप्रभावितलाई अनिवार्य सहभागी गराउन सरकारसित माग गरिन् । एकल महिला समूह रुपन्देहीका अध्यक्ष राधिका श्रेष्ठले अब द्धन्द्धका पीडा सुनाएर हिंड्नु साटो प्रभावितका माग सम्बोधन गरेर नया जीवन जीउने अवसर दिनुपर्ने बताइन् । समूहका सचिव रीता सेनलेसत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा द्धन्द्ध प्रभावितहरुले सहभागिता गराएर काम प्रभावकारी बनाउनुपर्ने बताइन् । संक्रमणकालीन न्यायको भविष्य यी आयोगको प्रभावकारितामा भर पर्ने बताउदै त्यसमा आफूहरुको सहभागिता माग गरिन् । कार्यक्रममा संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले शान्ति दिवस, द्धन्द्धप्रभावित र नेपालको शान्ति प्रक्रियाबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् । सेक्टेम्बर २१ मा विश्वभर शान्ति दिवस मनाउने गरिएको छ ।
.