नागरिक अगुवालाई नेतृत्व र शिक्षा नीतिबारे पैरवी

बुटवल, देवदह नगरपालिकाका नागरिक अगुवाहरुलाई नेतृत्व पैरवी, शिक्षा नीति र ऐनबारे तालिम दिइएको छ ।
सिमान्तकृत समुदाय दक्षित नागरिक अगुवाका लागि ३ दिने तालिम लुम्बिनी सास्कृतिक नगरपालिकामा सम्पन्न भएको छ । सोइया महिला स्वाबलम्बी संस्थाको आयोजनामा युएसएड नागरिक समाज र संचार कार्यक्रमको साझेदारीमा तालिम दिइएको हो । लुम्बिनी सांस्कृतिक नगरपालिकामा आयोजित तालिममा देवदहका नागरिक अगुवा सहभागी भएका थिए । तालिममा शिक्षा तथा नागरिक परिचालन विज्ञ इन्द्रप्रसाद पाण्डेले सहजीकरण गर्नुभएको थियो ।
तालिम समापन कार्यक्रममा बोल्दै सोइया महिला स्वाबलम्बी संस्थाका कार्यकारी निर्देशक मेनुका न्यौपानेले नागरिक अगुवाहरुको पैरवीमा सिमान्तकृत समूदायका बालबालिकाको शिक्षा सुधार गर्न सकिने बताइन् । तालिममा नेतृत्व पैरवी र शिक्षा नीति विषयबारे जानाकारी गराइएको थियो ।
,