लुम्बिनी प्रदेश मन्त्रीपरिषद् बैठक : सचिवहरुको जिम्मेवारी ताेक्ने देखि सम्पादन र प्रकाशन नियमावली २०८१ स्वीकृत गर्ने सम्मकाे निर्णय

लुम्बिनी प्रदेश सरकारले प्राकृति विपदको सम्भावित घटनाबाट हुन सक्ने क्षतिलाइ कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशमा तीन दिनको अविरल झरिका कारण तुलनात्मक रुपमा क्षति कम भएपनि देशभर मानवीय र भौतिक क्षति बढी भएकोमा दुस्ख व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली, परिवारवनमा समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले विपद अघि ,पछि र विपदको वेलामा सबै निकायबाट हुने सहकार्यले सम्भावित घटना न्यूनिकरण गर्न मद्दत पुग्ने भएकाले सबै संयन्त्र परिचालनमा जोड दिइएको बताए । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्रदेशमा सरुवा भएर आएका सचिवहरुको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । इश्वराज पौडेललाइ मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय ,भिमार्जुन पाण्डेलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, भुपेन्द्र थापालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
यस्तै मन्त्रिपरिषद बैठकले नवलपरासी वर्दघाट सुस्ता पश्चिममा सडक पूर्वाधार विकास कार्यालय खोल्ने निर्णय गरेको मन्त्री ढकालले जानकारी दिए । यस अघि प्रदेशका ११ जिल्लामा मात्रै सडक पूर्वाधार कार्यालयहरु थिए । यस्तै बैठकले प्रदेश राजपत्र तथा कानुनहरुको सम्पादन र प्रकाशन नियमावली २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।