विश्व हात धुने दिवस : स्वच्छता र स्वास्थ्यको अभियान

उषा किरण पन्थ
बुटवल
हरेक वर्ष अक्टोबर १५ मा
विश्वभर विश्व हात धुने दिवस मनाइन्छ । यस दिनले हात धुने महत्वलाई जनचेतनाका
रूपमा फैलाउने उद्देश्य राखेको छ । सामान्य रूपमा हेरिने यो दैनिक क्रियाकलापले
हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्दछ। सही तरिकाले र नियमित रूपमा साबुनले हात धुनाले
धेरै संक्रामक रोगहरूबाट बच्न सकिन्छ।
विश्व हात धुने दिवसको मुख्य उद्देश्य मानिसहरूमा सफाइ र स्वच्छताप्रतिको
चेतना फैलाउनु हो। विश्व स्वास्थ्य संगठन(WHO)र अन्य संस्थाहरूले यो दिवसलाई थप प्रभावकारी बनाउन विभिन्न
कार्यक्रमहरू, कार्यशाला,
र सेमिनारहरू आयोजना गर्छन । साबुनले हात धुनु
स्वस्थ जीवनको एउटा आधारभूत अभ्यास हो, जसले महामारीहरूको प्रसार रोक्न, बालबालिकामा स्वास्थ्य समस्या कम गर्न, र समग्र स्वास्थ्य सुरक्षा बढाउन मद्दत गर्दछ। मनिसका हातमा विभिन्न प्रकारका ब्याक्टेरिया,
भाइरस, र अन्य हानिकारक जीवाणुहरू हुने गर्दछन । हामीले दिनभरि गर्ने धेरै
क्रियाकलापहरू, जस्तै खाने कुरा
पकाउँदा, शौचालय प्रयोग गर्दा,
बच्चाहरूको हेरचाह गर्दा, वा बिरामीलाई स्याहार गर्दा हातको सफाइ
अपरिहार्य हुन्छ। सही तरिकाले साबुन र पानीले हात धुनाले ती हानिकारक जीवाणुहरू
हट्न सक्छन्, जसले हाम्रा शरीरलाई
रोगबाट जोगाउँछ। विशेष गरी, बच्चाहरूमा पाचन
प्रणालीका रोगहरू, झाडापखाला,
ज्वरो, र श्वासप्रश्वासका समस्याहरू अक्सर दूषित हातबाट सर्छन । त्यसैले नियमित रूपमा
हात धुनाले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मद्दत गर्दछ। साबुन र
पानीले हात धुनु सबैभन्दा प्रभावकारी र सजिलो उपाय हो। तर, यो सही तरिकाले गर्न जरुरी छ। अहिले पनि धरैले हात धुने त
हो भन्ने भास्यले यो कार्यलाई सामान्यरुपमा लिएको पाईन्छ । तर सहि प्रयोग कमैले
मात्र गरेको पाईन्छ । हात धुदा निम्न प्रकारका कार्य गर्नु महत्वपूर्ण रहेको छ ।
१.हातलाई पानीले चिसो
बनाउने २.साबुन लगाउने र हातको सबै भागमा मोल्ने, विशेषगरी औंलाको बिचमा, नङमुनि, र हातको पछाडि।
३.कम्तीमा २० सेकेन्डसम्म राम्ररी मोल्ने
४.साबुनको फिँज पानीले राम्रोसँग पखाल्ने ५.स्वच्छ र सफा तौलिया वा एयर
ड्रायरले हात सुकाउने । यी प्रक्रिया सरल भए पनि, यसलाई निरन्तर र सही तरिकाले अपनाउनु अहिलेको आवश्यक हो । विश्व हात धुने दिवस सन
२००८ मा पहिलो पटक मनाइएको हो। ग्लोबल हैंडवाशिङ पार्टनरशिपले यस दिवसको सुरुवात
गर्दै यसलाई विश्वव्यापी रूपमा स्वास्थ्य र स्वच्छताको महत्वपूर्ण सन्देश फैलाउन
प्रयोग गरेको थियो ।यस दिनले विशेष गरी विद्यालयका बालबालिका र तिनका परिवारमा हात
धुने महत्त्वबारे सचेतना जगाउन जोड दिएको छ ।
त्यतिबेलादेखि हरेक वर्ष यस दिन विभिन्न सरकारी र गैरसरकारी संस्थाहरूले हात
धुने अभियान सञ्चालन गर्दै आएका छन । विद्यालयहरूमा हात धुने सम्बन्धी जानकारी दिने
कार्यशाला, प्रतियोगिता, र प्रदर्शनीहरू आयोजना गरिन्छ। सन २०१९ मा COVID(19)महामारी फैलिएपछि साबुनले हात धुने महत्वले अझ बल पाएको हो
। मानिसहरूले आफ्ना हातहरू राम्रोसँग धुनु, मास्क लगाउनु, र सामाजिक दूरी पालना गर्नु भनेको रोग फैलनबाट जोगाउने मुख्य उपाय थियो । यसले
साबुन र हात धुने परम्परालाई एकजुट गर्दै थप प्रभावकारी बनाएको छ।
हाल विश्वका धेरै ठाउँमा
मानिसहरूले हात धुने परम्परालाई अझै पनि प्राथमिकतामा राखेका छैनन । ग्रामीण
क्षेत्र, सहरका बस्तीहरू, र केही विकासोन्मुख देशहरूमा साबुन र सफा
पानीको अभावले गर्दा यो समस्या अझ जटिल बनेको छ। यसलाई समाधान गर्न, शिक्षा र सचेतना कार्यक्रम, मानिसहरूमा हात धुने महत्व बुझाउन शिक्षा र
सचेतनाको भूमिका महत्वपूर्ण छ। विद्यालय, समुदाय, र मिडियामा व्यापक
प्रचारप्रसार गर्न आवश्यक छ। साबुन र सफा पानीको उपलब्धता सहज हुन आवश्यक छ ,
सरकार र निजी क्षेत्रले सहकार्य गरी ग्रामीण
तथा दुर्गम क्षेत्रहरूमा साबुन र पानीको पहुँच सुनिश्चित गर्नुपर्छ। स्वास्थ्य सम्बन्धी नीतिहरूमा सुधार हुनुपर्छ ।
सरकारी स्तरमा स्वच्छता र स्वास्थ्यसम्बन्धी नीतिहरूलाई बलियो बनाउनु र
कार्यान्वयनमा ध्यान दिनु पर्छ। विश्व हात धुने दिवस मनाउनु केवल एक दिन मात्र
सचेतना फैलाउने उद्देश्य होइन, यो दीर्घकालीन
रूपमा स्वच्छता र स्वस्थ जीवनशैलीको आदत विकास गराउने लक्ष्य पनि हो। साबुनले हात
धुनु एक सरल र सस्तो उपाय हो, जसले हामीलाई
धेरै गम्भीर रोगहरूबाट जोगाउन सक्छ। हामीले यस दिवसको महत्वलाई बुझ्दै दैनिक
जीवनमा स्वच्छता अपनाउने प्रयास गर्नुपर्छ।
यसैले, हरेकले विश्व हात
धुने दिवस को अवसरमा केवल औपचारिकतामा सीमित नभई दैनिक जीवनमा यसको अभ्यास गरेर
स्वच्छ र स्वस्थ समाज निर्माणमा योगदान पुर्याउन सक्दछन्। ।