पार्टी कार्यालय बनाउन व्यापारीको सहयोग लिनु गलत : पाण्डे

नेकपा एमाले नेता बिन्दा पाण्डेले पार्टी कार्यालय बनाउन व्यापारीबाट सहयोग लिनु गलत भएकी बताएकी छन् । यसले साढे ५ लाख पार्टी सदस्यको शिर झुकाउने र २८ लाख मतदाताको अपमान गरेको उनले बताइन् ।नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले दान दिएको कीर्तिपुरको १४ रोपनी बढी जग्गामा एमालेले पार्टी कार्यालय बनाउँदैछ । २५ असोजमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यालयको शिलान्यास गरेका थिए । एमाले नेताहरुका अनुसार भवन निर्माण पनि व्यवसायी गुरुङले नै गरिदिने छन् ।एमाले स्थायी कमिटी सदस्य पाण्डले पार्टीको यो कदमको विरोध गरेकी छन् ।राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुबै गलत हो’, पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।
यसरी पार्टी कार्यालय
बनाउने निर्णय आत्मघाती सावित हुने भन्दै उनले सच्याउन माग गरेकी छन् ।‘दिनेले किन
र कसरी दिए, उनैलाई थाहा होला’, पाण्डेले भनेकी छन्, ‘तर स्वीकार गर्ने
पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परेको कुरा, जानकारी समेत नहुने गरी
गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुनेछ ।’ अझै समय रहेको भन्दै उनले एमालेको गौरब जोगाउन निर्णय
सच्याउनुपर्ने बताएकी छन् । उनले लेखेको
स्टाटसमा ९९ प्रतिसत कमेन्ट उनको पक्षमा सहमत जनाइ गरिएको छ । पाटिमा छलफल नहुने पाटि अध्यक्ष ओलीकाे एकल हस्तक्षेप रहने , बैठकमा कुरा उठिहाले अनेक नामाकरण गरि बाहेस गर्ने परिपाटीले गर्दा पाटिकै नेता तथा कार्यक्रर्ताले सामाजिक सञ्जालमा आफ्ना भाव पाेस्टाउन परेका धेरैकाे टिप्पणी छ ।