बलात्कृत नाबालिकाकी आमाले गराइन प्रहरीमा जाहेरी दर्ता : १० जना प्रहरीकाे नियन्त्रणामा

दाङ देउखुरीको राप्ती गाउँपालिका- भालुवाङमा बलात्कृत भएकी नाबालिकाकी आमाले आज प्रहरीमा जाहेरी दर्ता गराएकी छिन् । राप्ती गाउँपालिका- भालुवाङ पुल्चोकमा डेरा गरि बस्ने वर्ष ८ कि नाबालिका गत असोज २४ गते बलात्कृत भएकी थिइन् । घटना घटेको ७ दिन पछि इलाका प्रहरी कार्यालय भालुवाङमा जाहेरी दर्ता भएको छ । यद्यपी बलात्कार गर्ने व्यक्तिको पहिचान नभएकोले दोषी पत्ता लगाई कडा कारवाही गर्न जाहेरीमा माग गरिएको छ । घटना घटेपछि प्रहरीले हाल सम्म विभिन्न समयमा गरि १० जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । तर प्रहरीले नाम भने कसैको खुलाएको छैन । सो दिन ती नाबालिका भालुवाङ स्थित सशस्त्र प्रहरीको क्याप्प नजिक रहेको लिंगे पिङ खेल्न गएको बेला बलात्कृत भएकी थिइन् ।