कांग्रेस संसदीय दल लुम्बिनीको प्रमुख सचेतकमा : जमुना ढकाल

2081 असोज 23 गते
कांग्रेस संसदीय दल लुम्बिनीको प्रमुख सचेतकमा : जमुना ढकाल

नेपाली कांग्रेस संसदीय दल लुम्बिनीको प्रमुख सचेतकमा जमुना ढकाल नियक्त भएकी छन । प्रदेशसभा संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले प्रमुख सचेतकमा ढकाललाइ नियुक्त गरेका हुन ।

असोज २३ गतेदेखि नै लागु हुनेगरि ढकाललाइ नियुक्त गरिएको नेपाली कांग्रेस संसदीय दलको कार्यालय लुम्बिनीले जनाएको छ । युवा नेतृ ढकाल नेपाली कांग्रेस केन्द्रिय सदस्य समेत हुनुहन्छ भने प्रदेशसभामा रुपन्देहीबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद हुन।