२०२४ को साफ च्याम्पियनसीपस् : नेपाली महिला फुटबलको अधुरो सपना र चुनौतीहरू
उषा किरण पन्थ
बुटवल
२०२४ को साफ
च्याम्पियनसीप महिला फुटबल प्रतियोगिता सम्पन्न भएको छ । तर नेपाली फुटबलप्रेमीको
मन पिडाले छटपटाएको छ। हामी सबैको आँखामा चम्किएको सपनाको अस्थायी विछोडले हामीलाई
दुःखी बनाएको छ । प्रतियोगिता सुरु
भएदेखि नै खेलाडीहरू धमाधम घाइते हुँदै थिए, जसले मानसिक रूपमा खेलाडिहरूको उत्साहमा धक्का पुर्यायो।
के कारणले नेपाली खेलाडीहरू यति धेरै घाइते भए ॽ यो प्रश्नले हरेक खेलप्रेमी मन मस्तिकमा डेरा जमाएको छ।
यसतर्फ कुनै सरोकार निकायको ध्यान पुग्यो पुगेन ॽ
भारतसँगको खेलमा रेखा
पौडेलले पाएको रेड कार्डले नेपालि खेलाडिको लयमा केही ह्रास आयो । उनले ठूलो गल्ती
नगरे पनि यसैकारण खेलमा नकारात्मक मोड आयो। जस कारण नेपालको च्याम्पियन बन्ने सपना अधुरै रहन पुग्यो । तथापि, नेपालले भारतलाई हराउँदा हामी धेरै खुशी थियौं। साथै,
बंगलादेशको प्रदर्शन अत्यन्तै उत्कृष्ट थियो। पछिल्लो समय, बंगलादेश सरकारले महिला फुटबलमा गरेको लगानीका कारण आज यो
सफलता प्राप्त गरेको हो भन्दा फरक नर्पला । त्यस्तै, भूटानले पनि खेल क्षेत्रमा राम्रो प्रगति गरिरहेको छ,
जसले भविष्यमा सुनौलो सम्भावना बोकेको छ।
नेपाली महिला फुटबलको यो
क्रेज कस्ते छ भन्ने प्रमाण त खेल हेर्न गएका हजारौं दर्शकबाट प्रस्ट हुन्छ । यसले
महिला फुटबल खेलाडिप्रतिको नेपाली समाजको विश्वास र मायाको चित्रण भएको छ।
खेलाडीहरूले सधैं देशका लागि गौरवमय तक्मा जितेर समाजलाई महिला खेलाडीको क्षमतामा
विश्वास दिलाउन मद्दत गरिरहेका छन्।
फाइनल खेलको क्रममा नेपाल र बंगलादेश दुवै टोलीमाथि ठूलो दबाब थियो । तर बंगलादेशले नेपाललाई आफ्नो दबाबमा राख्न सफल भयो। खेलमा प्रसिद्ध सावित्रा भण्डारी साम्बा र अन्य केही प्रमुख खेलाडीको प्रदर्शन राम्राे रह्रयाे । प्रीति राईको चोटपछिको प्रदर्शनी ओझेलमा परे पनि उनको खेल उत्कृष्ट छ। अर्को सशक्त खेलाडी सविता राना मगरको रफ्तार र स्टामिना उल्लेखनीय देखियो। कप्तान एञ्जिला सुब्बाले बंगलादेशका शक्तिशाली बललाई रोक्दा टिमले थप गोल खानबाट जोगिएको हो। रेनुका नगरकोटीले पनि शानदार खेल प्रदर्शन गरेकी थिइन्। खेलको अन्तिम चरणमा अमिसा कार्कीलाई अनिता बस्नेतसँग परिवर्तन गर्नु कोच तामाङको गल्ती ठहरियो । विशेष गरी अनिताले कर्नर किकमा राम्रो दख्खल राख्दछिन्। यस परिवर्तनले टिमको रफ्तार घटायो । जसको फाइदा बंगलादेशले उठायो। नत्र खेल पेनाल्टीमा जाने प्रवल सम्भावना थियो र सायद नेपालकै पक्षमा खेलले बाझि मार्न सफल हुने थियो।
देशको अभिभावक ,प्रधानमन्त्री केपी शर्मा ओली खेलाडिको मनोवल उच्च राख्न रंगशालामा जानु सुखद पक्षनै
थियो । तर त्यहाँ जादै गर्दा
प्रधानमन्त्रि बिरूद्दनै नारा लगाइनु दुखत
पक्ष हो । यस्ता नारावाजि लगाउनुको कारण चाहि
खोज्नु पर्ने समय भएको छ ? किनकी पटक पटक देशको प्रधानमन्त्री बनिसकेका ओलीले महिला खेलाडीका विषयमा कति लगानि गर्नु
भएको छ ? खेलाडिको हौसला बढाउन ,उनिहरूको क्षमता
अभिबृद्दी गर्न के कस्ता योजना अगाडि सार्नु भएको छ ? जुन विषय खेलाडीहरूका आँसु पुछ्ने र देशलाई जिताउने अपेक्षासँग जोडिएको हुन्छ।
सेवासुविधाको अभावका बाबजुद पनि गोल्ड मेडल जित्ने लडाइमा होमिएका खेलाडीहरूको सपना अहिले लाइ अधुरै रह्यो। यसैबिचमा नेपाल सरकारको ध्यान नपुगे पनि काठमाडौं
महानगरपालिकाले खेलाडीहरूलाई हौसला बढाउन २५ लाख रुपैयाँसहितको सम्मान गरेकोमा
काठमाडौं महानगरपालिका सरकारलाइ धेरै धेरै धन्यवाद। अहिले खेलमा पराजित भए पनि यी
खेलाडीहरू देशका सच्चा हिराहरू हुन्। उनीहरूले देशलाई गौरव दिलाउने दिन पक्कै
आउनेछ। र एक दिन यि हिरालाइ विश्वले चिन्ने छ । हिराहरूलाई मेरो हृदयदेखि सम्मान र माया छ।