यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी अधिकारकर्मि आनिक रानाको निधन
बुटवल,
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी अधिकारकर्मि साहसीकदम नेपाल रूपन्देहीकी अध्यक्ष आनिक रानाको निधन भएको छ । लामो समय देखि घाँटीको क्यान्सररोगबाट पिडित रानाको उपचारकोक्रममा चितवनको वि.पि मेमोरियल क्यान्सर हस्पिटलमा निधन भएको हो ।लामो समयदेखि यौनिक तथा लैंगिक अल्पसंख्यक समदायको क्षेत्रमा रहेर वकालत गर्दै आएकी उनी सामाजिक अभियान्ता समेत हुन । जन्मले पुरुष भएर जन्म लिए पनि पछि उनीले आफुलाइ महिलाको रूपमा पहिचान स्थापित गराएकी थिइन । यमबाहदुर राना पछि उनले आफु अन्य लिंगि भएको भन्दै नागरिता समेत अन्य लिंग बाट यम बहादुर राना आनिकका नाममा लिइएकी थिइन । उनी एचआईभी एड्सबाट समेत प्रभावित रहेकी थिईन् ।