गौतमबुद्ध विमानस्थलमा शनिबार एकैदिन तीनवटा अन्तर्राष्ट्रिय उडान, गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हवाई सेवा कम्पनीको सङ्ख्या चार पुग्यो

2081 कार्तिक 24 गते
गौतमबुद्ध विमानस्थलमा शनिबार एकैदिन तीनवटा अन्तर्राष्ट्रिय उडान, गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हवाई सेवा कम्पनीको सङ्ख्या चार पुग्यो


उषा किरण पन्थ 

बुटवल,

अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन भएको छ । भैरहवाबाट शनिबारमात्रै तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भरेका छन । निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स०, जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न भरेका हुन् । यस संगै थाई एयर एसियाले यही कात्तिक १८ गतेदेखि व्यावसायिक उडान सुरु गरेको थियो । सो कम्पनीले साताको दुई दिन (सोमबार र बिहीबार) बैङ्कक उडान गर्नेगरी उडान अनुमति लिएको छ । गौतमबुद्ध विमानस्थलमा छिट्टै कतार एयरले पनि उडान सञ्चालन गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका रूपमा पहिलोपटक आज तीनवटा उडान हुने जनाए । ‘गौतमबुद्ध विमानस्थल उद्घाटन भएपछि पहिलोपटक यती धेरै सङ्ख्यामा उडान हुन लागेको छ, यसले यो विमानस्थल आगामी दिनमा व्यावसायिक उडानहरु बढ्नेछन् र यात्रुहरुको आकर्षण पनि बढ्नेछ,’ उनले भने । नेपाल एयरलाइन्स र जजिरा एयरले पुनः उडान गर्न लागेका हुन् भने फ्लाई दुबईले पहिलोपटक गौतमबुद्ध विमानस्थलमा उडान भरेको हो । योसँगै गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हवाई सेवा कम्पनीको सङ्ख्या चार पुगेको छ ।

उडान समय तालिकाअनुसार आज बिहान साढे ७ बजे कुवेतबाट जजिरा एयरको विमान भैरहवा अवतरण भएको थियो । यो विमान भैरहवाबाट बिहान साढे ८ बजे कुवेत फर्किएको थियो । यसअघि १० महिना उडान भरेर उडान स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गरेको। जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ । यस्तै फ्लाई दुबईको विमान पहिलोपटक भैरहवा विमानस्थलमा २ बजेर ३५ मनेट जादा अवतरण भएको थियो ।


भैरहवाबाट यात्रु लिएर फ्लाई दुबईको विमान काठमाडौँ भएर दुबई फर्किएको छ । हप्ताको सातै दिन फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान भर्न लागेको हो ।नेपाल एयरलाइन्सले राती साढे ११ बजे भैरहवाबाट दुबई उडान गर्ने  छ । काठमाडौंबाट आएको जहाज शनिबार राती दुवई प्रस्थान गर्ने छ । अब हप्तामा ४ दिन उसले काठमाडौं भैरहवा दुबई काठमाडौं उडान हुने छ । यस अघि थाइ एयर एशियाले बैंकक भैरहवा उडान सुरु गरिसकेको छ ।थाइ एयर एशियाले सातामा २ उडान गर्दै छ । भैरहवाबाट ४ वटा विमान  कम्पनीले उडान गर्ने भएपछि यस क्षेत्रमा उत्साह छाएको छ ।