सुप्रिम सहकारीको बचत ठगीमा अनुसन्धानका लागि रुपन्देही पुर्याइएका रवि लामिछानेको अदालतमा बयान जारी

सुप्रिम सहकारीको बचत ठगीमा अनुसन्धानका लागि रुपन्देही पुर्याइएका रवि लामिछानेको अहिले अदालतमा बयान जारी छ ।सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई सुप्रिम सहकारीको बचत ठगीमा अनुसन्धानका लागि आज रुपन्देही ल्याइएको हो ।रुपन्देही जिल्ला अदालतले ८ कात्तिकमा लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको थियो । अदालतको अनुमतिअनुसार सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई रुपन्देही ल्याइएको हो ।लामिछानेको जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान भइरहेको छ ।उनलाई कडा सुरक्षाका बीच सरकारी वकिलको कार्यालयले बयान लिइरहेको छ । बयान साँझ ५ बजेसम्म जारी रहने बताइएको छ ।
पोखराबाट दिउसो १२ बजे भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल ल्याइएका लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालयमा ल्याइएको हो । दिउँसो १ बजेबाट उनको वयान सुरु गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । भैरहवामा सरकारी वकिलको कार्यालय आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचान गरिएको छ । कार्यालय आसपास र कार्यलय जाने मुल बाटो संगै ८ वटा भित्रीबाटमा समेत रोक लगाएको छ । संचारकर्मीलाई पनि प्रवेश निषेध गरिएको छ । लामिछानेलाई बढीमा ३ दिन मात्र रुपन्देहीमा राख्ने प्रहरीको तयारी छ । रुपन्देही प्रहरी प्रमुख एसपी रन्जीतसिंह राठौरले सम्भावित घटना रोक्न सुरक्षाव्यवस्था कडा पारिएको बताए ।बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनीरूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको विषयमा नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसँग दुई दिन बयान लिएर पोखरा पठाइएको थियो ।पोखराबाट बिहान पौने ८ बजेको पहिलो विमानबाट भैरहवा ल्याउने तयारी गरिएपनि मौसम खराब भएकाले उनलाई दिउसो १२ बजे बुद्ध एयरको विमानबाट भैरहवा ल्याइएकोथियो ।सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले ठहर गरेको थियो । बुटवलको सुप्रिम सहकारीबाट जोशीको नाममा दुई करोड ५० लाख र लामिछानेको नाममा १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।