रवि लामिछानेको बुधबारको बयान सकियाे बयान बिहिवार पनि जारी रहने

2081 कार्तिक 28 गते
रवि लामिछानेको बुधबारको बयान सकियाे  बयान बिहिवार पनि जारी रहने

उषा किरण पन्थ 

भैरहवा,

सहकारी ठगी र संगठित अपराधको कसुरमा अनुसन्धानमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेको बुधबारको बयान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा मँगलबार मौखिक बयान लिइएको थियो भने बुधबार लिखित बयान लिइएको हो ।  बुधबार विहान सवा १० बजेदेखि साँझ ७ बजे बयान लिइएको हो ।जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सरकारी अनुसन्धान अधिकृतहरुको टोलीले बुधबार झण्डै ९ घण्टा बयान लिएको छ । बुधबार ७ बजेसम्म सरकारी अधिकारीहरुले बयान लिएका छन् । यस अघि मंगलबारका दिन ५ घण्टा बयान लिइएको थियो । मंगलबार लिएको बयानलाइ  बुधबार लिखित गरिएको छ ।जिल्ला सरकारी कार्यालयका न्यायाधिवक्ता पौडेलले बुधबारको बयान सकिएको र बिहीबार पनि बयान जारी रहने बताए । ‘आजको बयान सकिएको छ, भोलि  बिहान १० बजेदेखि नै निरन्तर बयान शुरू हुन्छ,’ उनले भने, ‘बिहीबार सक्ने प्रयासमा छौं ।’ मंगलबारको बयान सकेर निस्किने क्रममा वकिल कार्यालयबाटै लामिछानेले ‘बाघलाइ खोरमा थुन्दैमा स्याल हुँदैन’ भने पछि बुधबार बयानका लागि लैजाने क्रममा प्रहरीले निकै कडा सुरक्षा व्यवस्था सहित प्रहरीले घेराहालेर कार्यालय लगेको थियो । साँझ बयान सकेर निकाल्ने क्रममा पनि प्रहरीले निकै कडा सुरक्षा घेरा हालेरै जिल्ला प्रहरी कार्यालय तर्फ लगेको थियो ।