नीति पोर्टल डिजाइन कार्यशाला सम्पन्न

2081 मङ्गसिर 02 गते
नीति पोर्टल डिजाइन कार्यशाला सम्पन्न

बुटवल,

निति पोर्टल डिजाइन सम्बन्धी १ दिने कार्यशाला बुटवलमा सम्पन्न भएको छ ।

योङ्ग इनोभेसनको आयोजनामा भएको कार्याशालामा युवा, महिला,अंपाग र लैंगिक तथा यौनिक अल्पसंख्यकका विषयमा छलफल भएको थियो । जसमा युवा, महिला,अंपाग र लैंगिक तथा यौनिक अल्पसंख्यकका बारेमा बुझाई समस्या,समधानका उपायसंगै नीतिमा कसरी समावेश गर्न सकिन्छ र त्यसको पोर्टल कस्तो बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । कार्यशालाका सहभागीले निती पोर्टल तयार गर्दा सवै क्षेत्र लिंग भाषा,वर्ग तथा भुगोलमा उपभोक्ताको पहुचमा पुग्ने गरी निर्माण गर्न सुझाव दिए ।

पोर्टलमा नीतिहरुको समावेश गर्दा लिखित, श्रव्य,दृष्य तथा सांकेतिक भाषामा समेत राख्नु पर्नेमा जोड दिए ।  कार्यशालाको सहजीकरण योङ्ग इनोभेसनका आभास फुयालले गरेका थिए । सिभील सोसाइटीको बारेमा जानकारी तथा यसका कामको बारेमा द एशिया फाउण्डेशनका कार्यक्रम संयोजक लक्ष्मी श्रेष्ठले जानकारी गराएकी थिइन् । कार्यक्रमको डिजाइनका बारेमा योङ्ग इनोभेसनका अन्जन श्रेष्ठले सहजीकरण गरेका थिए । युएसआइडीकाे नागिरक समाज तथा संचारकाेकार्याक्रम अन्तर्गत सहकार्यमा रहेका लुम्बिनी प्रदेशका सिभिल सोसाइटिका १९ जना प्रतिनिधिकाे सहभागीता रहेकाे थियाे।