बालबालिकालाइ शान्ति समाजको सहयोग

बुटवल,
३५ औं अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रूपन्देहीले तिलोत्तमा रहेकाे मानवसेवा आश्रम सेवा केन्द्रका बालबालिकालाई न्यानो कपडा, शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ । बुधबार एक समारोहका बिच तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले मानवसेवा आश्रमका प्रेम बहादुर सारुलाई सहयोग सामग्री हस्तान्तरण गरेका छन । कार्यक्रममा नगरप्रमुख खाँणले बालबालिकाको लागि गास, बास र कपास अनिवार्य अधिकार भएको उल्लेख गर्दै स्थानिय सरकारमार्फत त्यसमा निरन्तर काम गरिरहेको बताए । कार्यक्रममा मानवअधिकार तथा शान्ति समाज रुपन्देही जिल्ला सभापति अर्जुन ज्ञवालीले वार्षिक कार्ययोजना अनुसार रचनात्मक कामलाई निरन्तरता दिदै सहयोग सामग्री हस्तान्तरण गरिएको बताए । बालअधिकार एक नैसर्गिक अधिकार सुनौलो भविष्यको आधार भएको भन्दै बालबालिकाको संरक्षण, स्याहारसुसार, कल्याण, व्यक्तित्व विकास र सबल नागरिकका रूपमा खडा गर्न राज्य, समाज र परिवारले निर्वाह गर्नुपर्ने दायित्व नै बाल अधिकारको केन्द्रविन्दु भएको बताए । एक बर्ष देखि १४ बर्ष सम्मका १७ जना बालबालिकाको लागि न्यानो कपडा, शैक्षिक तथा खेलकुदका सामाग्रीहरु सहयोग गरेको उनले बताए । कार्यक्रममा शान्ति समाजका उपसभापति कृष्ण पाण्डे, सहसचिव अर्जुन कुवरलगाएतले मन्तव्य राखेका थिए ।