बहिरा व्यक्तिको हकअधिकार सुनिश्चित गर्छौं: मुख्यमन्त्री

2081 मङ्गसिर 07 गते
बहिरा व्यक्तिको हकअधिकार सुनिश्चित गर्छौं: मुख्यमन्त्री

दाङ,

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बहिरा व्यक्तिको पहिचान, शिक्षा तथा विकासको लागि प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताएका छन ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय राप्ती उपत्यका देउखुरीमा शुक्रबार बहिरा महासंघका केन्द्रीय प्रतिनिधि मण्डलले मुख्यमन्त्री आचार्यलाई भेट गरेको छ । सो क्रममा मुख्यमन्त्री आचार्यले समावेशी शिक्षा र सांकेतिक भाषालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तर्जमा गर्ने बताउदै बहिरा नागरिकको हक अधिकार राज्यले सम्बोधन गर्छ । उनले भने बहिरा नागरिकको पहुँच बढाउन ध्यान दिन्छौं ।

यसैबीच बहिरा नागरिकहरुको राष्ट्रिय भेला हुने  भएको छ । मुख्यमन्त्री आचार्यलाई राष्ट्रिय भेलाको बारेमा जानकारी गराइएको छ । बुद्धजन्मस्थल लुम्बिनीमा मंसिर २८ गते राष्ट्रिय भेला र रजत महोत्सव गर्न थालिएको हो । ५४ वटा जिल्लामा बहिरा संघ छ । ७ वटा प्रदेशमा छ समिति बनेका छन ।  बहिरा महासंघका केन्द्रीय अध्यक्ष सन्तोष केसी, लुम्बिनी प्रदेशका अध्यक्ष रिन्कु गुप्ता, जिल्ला अध्यक्ष लगायतको टोलीले मुख्यमन्त्री आचार्य र सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना संग भेट गरेको थियो ।