के गर्दैछन् पूर्व जनप्रतिनिधि महिला ? कोही समुदायमा जोडिदै कोही बेखबर

विष्णु खनाल
बर्दघाट, प्रतापपुर गाउँपालिकाकी अञ्जुकुमारी चौधरी २०७४ सालमा स्थानिय तहको निर्वाचन हुनुपुर्व एक ब्यबसायी थिइन् । उनी जमुनिया आय आर्जन बचत तथा ऋण सहकारी संस्थामा सहसचिवको रुपमा पनि कार्यरत थिईन् ।
राजनैतिक रुपमा नेपाली कांग्रेससँग आवद्ध रहेकी उनी पहिलो स्थानिय तहको निर्वाचनमा पालिका उपाध्यक्ष पदमा उम्मेदवार बनीन् । निर्वाचित पनि भईन् । व्यवसायीक जीवन छोडेर जनप्रतिनिधिको भुमिका निर्वाह गर्न पुगेकी चौधरीले ५ वर्ष जनप्रतिनिधिको कार्यकाल सकिएसँगै पुन व्यवसायीक क्षेत्रमा जोडिएर काम गरिरहेकी छन् । न्यायिक समितिमा रहदा उनले विभिन्न खालका मुद्धा मामिला मिलाइन् । त्यसै मध्येको एक विवाद उनका लागि विशेष र सम्झन योग्य बन्न पुग्यो । विषय थियो अन्तरजातिय विवाहबाट उत्पन्न कलहका कारण एक बालकले नागरिकता प्राप्त गर्न नसकेको । बाबाआमाको मृत्यू भएर मामाघरमा लेखपढ गरेको बालकको नागरिकता बनाउने उमेर पूगेपछि बालकका घरपरिवारले नागरिकता बनाउन मानेनन् । घर र मावली पक्षलाई राखेर उक्त वालकको नागरिकता बनाउन सफल भएको अन्जु बताउछिन् ।
२०७६ सालमा गाउँपालिका अध्यक्ष राजकुमार शर्माको सडक दुर्घटनामा परि मृत्यू भएपछि गाउँपालिकाको समग्रा जिम्मेवारी एक्लैले सम्हाल्नु गरेको नमिठो सम्झना उनीसँग छ । गाउपालिकाको समग्र जिम्मेवारी एक्लैले सम्हाल्नुपर्दा अन्य राजनितिक दलले भन्दा आफ्नै पार्टीका ब्यक्तिहरुको आफ्नो क्षमतामा प्रश्न उठाएको सुन्दा निकै नमज्जा लागेको उनले बताइन् ।
कोरोना माहामारीले फेरी आर्काै चुनौति थपिदियो घरबाट बाहिर निस्कन नसक्ने अबस्थामा आफ्नो ज्यानको बास्ता नगरि कोरोना संक्रमितहरुलाई सहयोग गर्न दत्तचित्त लगाएर काम गरेको उनी बताउछिन् । अध्यक्ष र उपाध्यक्षको जिम्मे वारी एक्लैले निभाउन र सफल कार्यकाल बनाउन गाउपालिकाका कर्मचारी र जनप्रतिनिधि सम्पूर्णले आ आफ्नो स्थान बाट सहयोग गरेको उनी बताउछिन् ।
एउटी महिला समाजिक कार्यमा सलग्न भएर अगाडि बढ्नका लागि घरको निति परिवर्तन हुनु पर्नै उनी बताउछिन् । घरपरिवारको साथ सपोर्ट नभए जस्तोसुकै कानुन र निती बनाएतापनि सफन नहुने उनको बुझाई छ । चुनावमा महिलाले खुलेर खर्च गर्न नसक्नु , आर्थिक रुपमा अरुको भरपर्नु पर्नै अबस्थाका कारण महिलाहरु सहजै राजनितिमा आउन नसकेको उनले बताइन ।
स्थानिय तहको ५ वर्पै कायैकाल पश्चात करिव १ वर्ष खाली रहिन् । मानिसहरुसँगको सम्पर्क टुट्न थालेपछि पुनः व्यवसायिक जिवनमा फर्किन् । हाल उनी जमुनिया आयआर्जन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा रहेर काम गरिरहेकी छन् । “यसले कम्तीमा सामाजिक सम्बन्ध त स्थापित छ नि । म खुसी छु ।” उनले भनिन् ।
२०४३ सालदेखि राजनितिमा र २०५४ साल देखि पारालिगल कमिटि,साप्ताहिक क्लिनिकमा रहेर साविकको जहदा गाउँपालिकामा काम गरेकी माया देवी पौड्यल बर्दघाट नगरपािलकाको पहिलो उपमेयर हुन् । नेकपा एमालेबाट उपमेयर पदमा विजयी भएकी माया पौड्याल ।
उपमेर हुनु पूर्व नै महिलाहरुसँग नजिक रहेर काम गरिसकेकी मायाले अन्यायमा परेर न्याय पाउन नसकेका महिलाहरुलाई न्याय दिलाउन सक्नुनै आफ्नो कार्यकालको उपलब्धी रहेको बताउछिन् । पितृसत्तात्मक समाजमा महिलाहरुको अस्तित्व स्विकार गर्न नसक्ने अबस्थामा आफुले गरेका काममा उचित अबसर नपाएको उनको गुनासो छ । प्रशासनिक काम होस् या मुद्धा मामिलाका विषयमा महिलाका कुरा सहजै स्विाकार गर्न अबस्था नरहेको उनको भनाई छ । महिलाहरुले घरबाट निस्कन सक्ने वातावरण तयार गरेतापनि राजनितिक, आर्थिक र सामाजिक रुपमा अझैपनि सहजै अबसर पाउन नसकेको उनले गुनासो गरिन् ।
स्थानिय तहमा महिलाको प्रतिनिधित्व बढाउन प्रमुख पदसँगै स्थानिय तहमा भएका टोटल बडा मध्ये कम्तीमा आधा वडाध्यक्षमा पनि अनिवार्य महिला हुपर्नै निति बनाउन आबश्यक रहेको उनले बताइन् । हाल उनी
अखिल नेपाल महिला संघ प्रदेश सदस्य एवम् नवलपरासी जिल्ला ईन्चार्जसँगै नारिकका समस्यामा सहजिकरण गरिदिने काम गर्दै आईरहेकी छन् ।
सुस्ताकी इन्द्रकुमारी थरुनी जनप्रनिधि हुनुपूर्व गृहिणी र खेतीपाती गर्ने गर्थिन् । जनप्रतिनिधि हुदा एकल महिलाहरुलाई वितरण गरिएको झोला र छाता अहिले पनि ति महिलाहरुले प्रयोग गरेको देख्दा निकै आन्दा आउने गरेको इन्द्रकुमारी बताउछिन् । जनताको सेवक भएर आएपछि उनीहरुको चाहाना अनुरुपम बजेट विनियोजन गर्न नसक्दा बढी दवाव खेप्नुपरेको उनी सम्झन्छिन् । आफ्नै कार्यकालमा नेपालकै लामो झोलुङ्गे पुलको निमार्ण कार्यको थालनी गरिएको थियो । पुलको निर्माण कार्य अहिले सम्पन्न भएसँगै सुस्ता पुल पारीका महिलाहरुको दिनचर्या नै फेरीएको छ । यो हामी सुस्तावासीका लागि मात्रै नभएर सम्पूर्ण नेपालीहरुकै लागी खुशिको कुरा भएको उनी बताउछिन् । स्थानिय तहमा महिला जनप्रतिनिधिको संख्या बढाउनका लागि स्वय महिलानै सक्षम र जागरुक हुनुपर्नै विचार उनको छ । उनी भन्छिन्, “एकाध संघ संस्था बाहेक अन्य स्थानमा महिलाहरुले नेतृत्वदायी भुमिकामा स्थान पाउन सकेका छैनन् । ” अहिले उनी नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य , अखिल नेपाल महिला संघ प्रदेश सदस्य रहेकीछन् भने पालिका कार्यालय नजिकै व्यवसाय पनि संचालन गरेही छन् ।
ब्याचलर पढाईसंगै युएनडिपिमा ५ वर्ष र वेस नेपाल मा ५ बर्ष काम गरेकी उत्तमा राय सरावल गाउपलिकाको पहिलो महिला अपाध्यक्ष हुन् । नेपाल विद्यार्थी संघ पाल्ही बहुमुखी क्याम्पसको १३ औं अधिवेशनमा इकाई सचिव भएर काम गरेकी हुन् । उपाध्यक्ष महिला हुँदा गाउसभामा आफ्ना योजनाहरु थाहै नपाई कटौती हुने र सुनुवाई नभएको उनले बताइन् ।
संविधानमा महिलालाई ३३ प्रतिशत भनेतापनि नियतमै खोट राख्दा महिलाले उचित स्थान पाउन नसकेको उनी सुनाउन् । आर्थिक र राजनितिक रुपमा कमजोर हुदा काम गर्नै क्षमत हुदा हुदै पनि आरक्षणको भर पर्नु अवस्था रहेको मा २०८४ को स्थानिय तहको चुनावमा खुल्ला रुपमै अध्यक्ष पदको लागि तयारी गरेको उनले बताइन् ।
हाल उनी थारु कल्याणकारी को केन्द्रीय सदस्य, एम्नेष्टी ईन्टरनेश्नल नेपाल नवलपरासीको महिला विभाग प्रमुखमा रहेर काम गरिरहेकी छन् । स्थानियसँगको सहकार्यता बढाउदै उनीहरुका समस्या समाधानका उपस्थित भएर सामाजिका कार्यमा अझ सक्रियता बढाउदै लगेको उनले बताइन् ।
पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पवित्री कोहारलाई पटक पटक फोन सम्पर्क गर्न खोज्दा फोन रिसिभ हुन सकेन नत उनले फोनको रिप्लाई नै गरिनन् । रामग्राम नगरपालिकाकी उपमेयर रम्भा कुवरको फोन सम्पर्क हुन सकेन भने सामाजिक संञ्जाल मा समेत भेट्न सकिएन । पवित्री र रम्भा दुवैजना नेपाली कांग्रेसबाट विजयी भएका थिए । नेपाली कांग्रेस नवलपरासी जिल्ला सभापति अर्जुन पोखरेलसंग जानकारी लिन खोज्दा पार्टीमा हाल सक्रिय नभएको र आफुलाई सम्पर्क नम्बर समेत थाहा नभएको बताए । उनले कार्यकाल सकिएसंगै पाटीसँग दुरी बढाउने काम दुखदायी रहेको बताए ।
राजनिति बुझेका र क्षमता भएका महिलाहरुलाई नेकपा एमालेले सदैब स्थान दिने गरेको बताउछन् एमाले नवलपरासी जिल्ला ईन्चार्ज दिपेन्द्र कुमार अधिकारी । संविधानतह ३३ प्रतिशत भनेतापनि त्यो भन्दा बढी पार्टीका जिम्मेवार पदमा महिलाहरु रहेको बताउछन् । महिलाहरुले पाएको जिम्मेवारी विश्वसनिय र इमान्दार पूर्वक निर्वाह गर्नै भएको हुँदा काम गर्न सक्षम महिलाहरुलाई स्थानिय तहको प्रमुख र वडाको अध्यक्षको भुमिकामा निर्वाचित भएको बताउदै उनीहरुको कामबाट सबै जनता खुशी र सन्तुष्ट रहेको बताएका छन् ।
चुनावको समयमा पार्टीगत गठबन्धन गर्दा महिलाहरुले क्षमता हुदाहुदै अवसर पाउनबाट बन्चीत भएको स्किार गर्छन् माओवादी केन्द्रका नवलपरासी संयोजक रामानन्द यादव । महिलाहरुलाई ३३ प्रतिशत मात्रै नभई ५१ प्रतिशत आरक्षणको ब्यबस्थाको माग पार्टिले गरेको उनको भनाई छ । निर्णयक पदमा महिलाहरुलाई पुर्याउनको लागि कार्यकारी पदमा लैजाने र भुमिका दिने गरेको उनको तर्क छ । उनी भन्छन् “पुजिवादी युगमा हुने तडकभडकले चुनाव केहि खर्चिलो भएको हो तर महिलाहरुलाई अगाडि बढाउनको लागि फिल्डमा राम्रो छवि बनाएका महिलाहरुलाई पाटीले कुनै कन्जुस्याई नगरि बातावरण तयार गर्छ ।”
नेपालको संविधान २०७२ ले ३३ प्रतिशत महिला सहभागितालाई सुनिश्चितता गरेको छ । संविधानको मर्म अनुसारनै निर्वाचन आयोगले पनि दलहरुलाई ३३ प्रतिशत उम्मेदवार महिला उम्मेदवार राख्नुपर्ने ब्यबस्था गरेपछि तुलनात्मक रुपमा जनप्रतिनिधिको रुपमा महिलाको सहभागिता बढेको छ । तथापी अहिले पनि राजनैतिक दलहरु दुई वा दुई भन्दा बढि दल मिलेर निर्वाचनमा भाग लिँदा स्थानिय तहमा प्रमुख र उपप्रमुख मध्ये १ मा महिला अनिर्वाय गरे पनि दलिय भागवण्डाले त्यहि पद पनि नपाउने अवस्था छ ।
२०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा नवलपरासी बर्दघाट सुस्ता पश्चिममा रहेका ७ स्थानिय तहमा ६ वटा स्थानिय तहमामात्र उपप्रमुख पदमा महिला प्रतिनिधि निर्वाचित भएका थिए । सुनवल नगरपालिकामा भने नगर प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष प्रतिनिधि विजयी भएका थिए ।
स्थानिय तहको पहिलो निर्वाचन पहिलो भएको र संघियताको अभ्यासकै क्रममा रहेकोले जनप्रतिनिधिहरु सिकाईकै क्रममा आफ्नो कार्यकाल ब्यतित गरे । कतिपय प्रतिनिधिले उल्लेखनिय काम गरे पनि कतिपय यसै अलमलमा परेको जस्तो पनि देखियो । जनप्रतिनिधिले गरेका कामलाई नागरिकहरुले आफ्नै किसिमले मुल्याङ्कन गरेका छन् ।
पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल पुरा भई २०७८ सालमा निर्वाचित जनप्रतिनिधिहरु काम गरिरहेका छन् । सुनवल नगरपालिकाका प्रमुख विमला अर्याल “यो समयमा पुर्व महिला जनप्रतिनिधिहरु के गर्दै छन् यो सबैका लागि चासोको विषय हुनसक्छ । यसले अहिलेका जनप्रतिनिधिका लागि के गर्ने कामको बाटो पनि खुल्छ ।”
,