अन्तर विद्यालय स्तरीय कबड्डी प्रतियोगिता : छात्र तर्फ कालिका र छात्रा तर्फ होराइजन प्रथम

बुटवल,
बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिद्वारा आयोजित अन्तर विद्यालय स्तरीय कबड्डी प्रतियोगितामा छात्र तर्फ कालिका मानवज्ञान मावि र छात्रा तर्फ न्यु होराइजन मावि प्रथम भएका छन् ।आज सम्पन्न छात्र तर्फको फाइनल खेलमा न्यु होराइजन माविलाई ४५र ४१ ले हराउँदै कालिका मानवज्ञान मावि प्रथम भएको हो ।प्रतियोगितामा न्यु होराइजन मावि उपविजेता भयो भने नविन औद्योगिक मावि र गार्गी मावि तृतीय भए । छात्रा तर्फ भने न्यु होराइजन माविलाई ३५र३२ ले हराउँदै कालिका मानवज्ञान मावि प्रथम भएको छ ।प्रतियोगितामा न्यु होराइजन मावि उपविजेतामा सिमित भयो भने नविन औद्योगिक मावि र मोतिपुर मावि तृतीय भएको बुटवल नगर खेलकुद विकास समितिका सदस्य तथा कबड्डी प्रतियोगिता संयोजक लालहरी पाण्डेले जानकारी दिए ।
विजेता,उपविजेता तथा तृतीय स्थान प्राप्त गर्ने विद्यालय तथा खेलाडीहरूलाई बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्याल, नगर प्रवक्ता शिव राना,वडा अध्यक्षहरू हरी प्रसाद श्रेष्ठ,लोकनाथ न्यौपाने,नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियालगायतले पुरस्कार, मेडल,ट्रफि र प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, द्वितीय हुनेले १० र तृतीय दुई टिमले ५र५ हजार रूपयाँ पुरस्कार प्राप्त गरेका छन् । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा नगरका १९ विद्यालयको सहभागीता रहेको नगर खेलकुद विकास समितिका सदस्य इश्वर गुरूङले जानकारी दिए ।प्रतियोगिताको शुक्रबार एक कार्यक्रमकाबीच नगर प्रमुख खेलराज पाण्डेले उद्घाटन गरेका थिए