पैदल अनुसन्धानबाट लुम्बिनीका महिला, युवा र सिमान्तकृत समुदायका सवाल अनुसन्धान गरिदै

2081 मङ्गसिर 15 गते
पैदल अनुसन्धानबाट लुम्बिनीका महिला, युवा र सिमान्तकृत समुदायका सवाल  अनुसन्धान गरिदै

बुटवल, पैदल अनुसन्धान क्रियाकलापको माध्यमबाट लुम्बिनी प्रदेशका महिला, युवा तथा सिमान्तकृत समुदायका सवालबारे अनुसन्धान गरिदै छ । 

प्राज्ञिक अनुसन्धान संस्था मार्टिन चौतारीले  महिला, युवा र सिमान्तकृत समुदायका सवालमा काम गर्ने व्यक्तिहरुको सहभागितामा अध्ययन गर्न लागेको हो । द एसिया फाउण्डेसनको युएसएआइडी नागरिक समाज र संचार कार्यक्रम अन्तरगत अनुसन्धान कार्यक्रम गरिदै छ । 

अध्ययनका लागि महिला , युवा र सिमान्तकृत समुदायबाट खुला आवेदन माग गरिएको थियो । पहिलो चरणमा छनोट भएका सहभागीको पैदल अनुसन्धान अवधारणा प्रस्तुति गरिएको छ । बुटवलमा कात्तिक ७ र ८ गते अवधारणा प्रस्तुत भएको हो । जसमा २० जना सहभागीले आफूले अनुसन्धान गर्न लागेको विषय, त्यसका उद्धेश्य, विधि र नीतिगत सम्भाव्य प्रभावबारे प्रस्तुति गरेका थिए । मार्टिन चौतारीले  उनीहरुको विषयको महत्व र सम्भाव्य प्रभावकारिता हेरेर २० जनाबाट १० जनालाई अनुसन्धानका लागि अन्तिम छनोट गर्ने छ । छनोट भएका व्यक्तिले करिब ६ महिनाभित्र आफ्नो विषयमा अनुसन्धानात्मक लेख तयार गर्नेछन् । 

अनुसन्धानात्मक लेख छनोटका लागि आमन्त्रीक अतिथिका रुपमा रिसर्चर तथा नीति तथा योजना आयोग मधेश प्रदेशका सदस्य अधिवक्ता रक्षाराम हरिजन , मार्टिन चौतारीका  रिसर्चर एवं कार्यकारी अधिकृत देवराज हुमागाई, रिसर्चर एवं कार्यक्रम संयोजक महेशराज महर्जन, एसिया फाउन्डेसनका लुम्बिनी व्यवस्थापक लक्ष्मीकुमारी नेपाली श्रेष्ठ, संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोल लगायतको सहभागिता थियो । 


,

समाचार