बुटवलमा प्रथम मगर साहित्य महोत्सव हुने

2081 मङ्गसिर 16 गते
बुटवलमा प्रथम मगर साहित्य महोत्सव हुने

बुटवल – मगर समुदायको भाषा, साहित्य, इतिहास र परम्परा संक्षणमा टेवा पुर्याउन भन्दै बुटवलमा प्रथम मगर साहित्य महोत्सव हुने भएको छ ।

नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा यही मंसिर २१ र २२ गते जीतगढी किल्लामा महोत्सव हुनेछ । 

मगर संघले आइतबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवबारे तयारी सुरु भएको जनाएको हो । महोत्सवका कला संस्कृति प्रद्धशर्नसँगै कविता बाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचिन सामग्रीहरुको प्रदर्शन तथा विभिन्न विषयका कार्यपत्र प्रस्तुत हुनेछ । 

महोसत्वमा विभिन्न ७ वटा प्यानल छलफलसहित मगर कविता वाचन प्रतियोगिता तथा श्रष्टाहरुलाई सम्मान गरिने छ ।  महोत्सवमा मगर जातीको ‘भेजा’ प्रणाली सम्बन्धि डकुमेन्ट्री प्रदर्शन, मगर समुदायले बोल्ने ढूट, खाम तथा काईके गरी ३ वटै भाषामा कविता बाचन प्रतियोगिता हुने  छ । 

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद राशीले सम्मान गरिने छ । देशभरका मगर साहित्यकार, कलाकार तथा फरक–फरक विधाका व्यक्तित्वहरुको सहभागिता रहने सम्मेलन आयोजनाका लागि १०१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको थियो । सम्मेलन सफल बनाउन प्रवासमा रहेका नेपालीहरुलाई जोड्न १ दर्जन बढी देशहरुमा उप समिति गठन गरेकोे नेपाल महिला संघ रुपन्देही अध्यक्ष तथा मुल आयोजक समिति संयोजक निर्मला थापा मगरले बताइन् । उनले मगर समूदायसँगै मगर भाषा र साहित्यमा योगदान गर्ने मगर बाहेक समुदायका व्यक्तिलाई समेत महोत्सवमा सहभागी बनाइने बताइन् । 


.