११ औं वार्षिकोत्सव मनाउदै बुटवलको कालिका क्याम्पस

रुपन्देही, बुटवल कालिका क्याम्पसले विविध कार्यक्रमसहित ११ औं वार्षिकोत्सव मनाउदै छ । ११ औं वर्ष प्रवेशका अवसरमा कालिका मंगलबारदेखि सप्ताहव्यापी कार्यक्रमसहित वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन लागेको हो ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्राचार्य घनश्याम पाठकले क्याम्पसले मंसिर २४ गतेसम्म सप्ताहव्यापी कार्यक्रम अन्तर्गत अन्तर संकाय छात्रछात्रा भलिबल, रिले दौड प्रतियोगिता, कबड्डी प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता, टेबल टेनिस प्रतियोगिता, नृत्य प्रतियोगिता, बेलुन फुक्ने प्रतियोगिता हाजिरी जवाफ प्रतियोगिता गर्ने जानाकारी दिए । यसैगरी शिक्षक कर्मचारी बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत निःशुल्क आँखा र दन्त परीक्षण समेत आयोजना गरिने उनले बताए । सामुदायिक क्याम्पसमा रुपमा स्थापित बुटवल कालिका क्याम्पस उपमहानगरपालिका–१० रामनगरमा छ ।
२०७० सालमा स्थापना भएको यस क्याम्पसमा ३ हजार ९३६ विद्यार्थी रहेका छन् । सामुदायिक स्तरबाट सञ्चालित यस क्याम्पसले अघिल्लो शैक्षिक सत्रमा १ हजार २१५ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको थियो । क्याम्पसमा अब डिजिटल प्रविधिलाई प्रोत्साहन गरिएको प्राचार्य पाठकले बताए ।
त्रिभुवन विश्व विद्यालयबाट मान्यता प्राप्त यस क्याम्पसमा हाल बिसिए, बिबिए, बिएड, बिए र स्नातकोत्तर तह एमए आरडी पढाइ हुन्छ । क्याम्पस शिक्षकको लगनशीलता र विद्यार्थीको मेहनत तथा अनुशाशनले हरेक संकायतर्फ उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ । निकट भविष्यमै गुणस्तर सुनिश्चिता प्रत्यायन क्यूएए प्राप्त गर्न अन्तिम पिआरटी भैसकेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीले बताए ।
.