रूपन्देहीबाट १३ युवतीको उद्धार

भैरहवा,
रूपन्देहीको बेलहिया नाकाबाट भारत हुँदै अवैध रूपमा कुवेत जान लागेका १३ जना युवतीहरूको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायव उपरीक्षक ९डीएसपी० नवीन पौडेलका अनुसार, मानव बेचबिखनविरुद्ध काम गर्ने शान्ति पुनर्स्थापना केन्द्रसँगको सहकार्यमा उनीहरूको उद्धार गरिएको हो।उद्धार गरिएका युवतीहरू सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, सिन्धुली र झापा जिल्लाका हुन् । उनीहरूसँग श्रम स्वीकृति, बीमा लगायतका कागजात नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
नेपालबाट सिधै कुवेत जान वैधानिक बाटो खुला रहँदा पनि उनीहरूले भारतको बाटो प्रयोग गर्न खोजेकोले यो घटना शंकास्पद देखिएको डीएसपी पौडेलले बताए । उद्धार गरिएका युवतीहरूलाई हाल शान्ति पुनर्स्थापना केन्द्रको सेफ हाउसमा राखिएको छ । थप अनुसन्धानका लागि प्रहरीले आज सोधपुछ गर्ने जनाएको छ