अनेमसंघ समाजवादी रुपन्देहीद्धारा लैंगिक हिंसा विरुद्ध अन्तरक्रिया

2081 मङ्गसिर 23 गते
अनेमसंघ समाजवादी रुपन्देहीद्धारा लैंगिक हिंसा विरुद्ध अन्तरक्रिया

बुटवल – अखील नेपाल महिला संघ समाजवादी रुपन्देहीले लैंगिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम आइतबार बुटवलमा सम्पन्न गरेको छ । 

सोह्र दिने अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरेको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनेमसंघ केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरेले लैंगिक हिंसा विरुद्ध एक भएर लाग्न आग्रह गर्नुभयो । उहाँले सबै नीतिहरुको मूल नीति राजनीति भएको बताउदै राजनीतिमा आफ्नो स्थान बनाउन सुझाब दिनुभयो । 

अन्तरक्रियामा बोल्दै लुम्बिनी प्रदेशका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक पूर्व मन्त्री भगवती अधिकारीले महिला अधिकारका लागि सडक, सदन र सरकार तीन ठाउँबाटै खबरदारी गर्नुपर्ने बताउनुभयो । उहाले आफू लुम्बिनी प्रदेशको मन्त्री छँदा महिला परिषद गठन गर्ने, श्रमिक लक्षित शिशु स्याहार केन्द्र खोल्ने, ज्येष्ठ नागरिक केन्द्र खोल्ने लगायतका उत्कृष्ठ कार्यक्रम ल्याएको बताउदै यी कार्यक्रम कार्यान्वयनमा लैजान सके महिला समानताका लागि ठूलो टेवा पुग्ने बताउनुभयो । 

नेकपा एकिकृत समाजवादीका रुपन्देही अध्यक्ष लक्ष्मी पोखरेलको अध्यक्षता,  सदस्य विजयलक्ष्मी रायले स्वागत गर्नुभएको थियो भने कार्यक्रम संचालन अनेमसंघ प्रदेश सचिव सीता पोखरेलले गर्नुभएको थियो । अनेम संघ समाजवादीका केन्द्रीय सदस्य दीपा खनाल, गोदावरी ज्ञवाली,लुम्बिनी प्रदेश अध्यक्ष लक्ष्मी भुसाल, पाल्पा जिल्ला अध्यक्ष नारायणी खनाल, कपिलवस्तु जिल्ला अध्यक्ष करिश्मा चन्द, प्रदेश सदस्य मन्जु अर्याल, शान्ता अर्याल, नवलपरासी जिल्ला कोषाध्यक्ष सीता बराल, अनेमसंघ प्रदेश सदस्य शुशिला देवकोटा, शारदा पहारी, नेकपा एकिकृत समाजवादीका रुपन्देही सचिव टंक पोखरेल, बुटवल उपमहानगर अध्यक्ष चिनबहादुर गुरुड., पूर्व केन्द्रीय परिषद सदस्य प्रेमा पौडेल , नेवा संघ केन्द्रीय सदस्य राधा श्रेष्ठ लगायतले लैंगिक हिंसा विरुद्ध पाटी पंक्तिबाट गर्नुपर्ने कामबारे चर्चा गर्नुभएको थियो । 






.

राजनीति