महिला परिषद गठनमा पहल गरौं ः पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री अधिकारी

बुटवल – लुम्बिनी प्रदेशका पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती अधिकारीले महिला परिषद गठनमा पहल गर्न आग्रह गर्नुभएको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले महिला संयन्त्र गठनका लागि बजेट छुट्याइए पनि अहिलेसम्म प्रक्रिया नथालिएको बताउदै त्यसका लागि पहल गर्न आग्रह गर्नुभयो ।
सञ्चारिका समुह नेपाल लुम्बिनीले बिहीबारदेखि बुटवलमा सुरु गरेको ३ दिने पत्रकार महिलाका लागि खोजमुलक समाचार लेखन कार्यशालामा बोल्दै उहाले प्रदेश सरकार अन्तरगत महिला संरचना नभएकाले महिलाको हक हीत संरक्षण र योजना निर्माणका लागि महिला परिषद आवश्यक ठानिएको उहाले बताउनुभयो । ‘महिलाका बालबालिकाको अधिकार र संरक्षणमा सघाउन कार्यकारी उपाध्यक्ष सहितको महिला परिषद स्थापना गर्ने लक्ष्य लिएका हौं ।’ उहाले भन्नुहोला ।
कार्यशालामा बोल्दै मन्त्री अधिकारीले आमा बन्दा रोजगारी गुम्ने अवस्था हुन नदिन आफू मन्त्री हुँदा बुटवल, नेपालगन्ज, घोराही र राप्तीमा श्रमिक लक्षित शीशु स्याहार केन्द्र खोल्न बजेट विनियोजन भएपनि त्यसमा समेत अहिलेसम्म काम नभएको गुनासो गर्नुभयो । यस्तै, महिलालाई रोजगारीमा लगाउन लुम्बिनीका महिला उद्यमशीलतामा पहिला भन्ने कार्यक्रम ल्याएको तर, सो कार्यक्रम पनि कार्यान्वयनमा नगएको यहाको भनाइ छ । सरकार परिवर्तनसँगै हाल महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय नहुँदा कार्यक्रम कार्यान्वयनमा समस्या भएको मन्त्री अधिकारीले बताउनुभयो । उहाले महिला लक्षित कार्यक्रम राम्रा बनेपनि कार्यान्वयनमा समस्या रहेको बताउदै त्यसलाई खबरदारी आवश्यक रहेको बताउनुभयो ।
संचारिका समूहले एसिया फाउन्डेसनको युएसएड नागरिक समाज र संचार कार्यक्रमको सहयोगमा संचालित लैंगिक समानता र सामाजिक समावेशिकरणका लागि सञ्चार पैरवी परियोजना अन्तर्गत ३ दिने खोजमुलक समाचार लेखन कार्यशाला सुरु गरेको हो । कार्यशाला ३ दिनसम्म संचालन हुनेछ । कार्यशालामा रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी र कपिलवस्तुका २ दर्जन पत्रकार महिलाको सहभागिता छ ।
कर्यशालामा सहभागी पत्रकार महिलाले महिला, युवा र सिमान्तकृत समूदायका विषयमा खोजमूलक समाचार तयार गर्नेछन् । कार्यशालामा अमृता अनमोल, रुपा गहतराज लगायतले सहजीकरण गर्नुभएको छ । उहाहरुले सहभागीलाई समाचारका स्वरुप, संरचना, स्रोत, परिक्षण लगायतका बारेमा सहजीकरण गर्नुभएको थियो ।
.