सञ्चारिका समुह रुपन्देहीको वार्षिक साधारणसभा तथा पांचौं अधिवेशनबाट अध्यक्षमा मिना ढकाल सर्व सम्मतरुपमा निर्वाचित भएकी छन् । जसको उपाध्यक्ष मिना पाण्डे (अस्मिना), महासचिवमा छाँया पन्थ, सचिवमा पूजा पन्थी, कोषाध्यक्षमा अम्बिका परियार, कार्यक्रम संयोजकम कल्पना डुम्रे चयन भएका छन् ।
त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा सुमित्रा चापागाईं, शुशिला पोख्रेल, शारदा शाही, सृष्टि अधिकारी, एलिनाआचार्य, प्रेरणा केसी, अनिता चौधरी, सुनिता चुँदाली चयन भएको निर्वाचन समिति संयोजक अमृता अनमाेलले बताइन्। त्यस्तैगरी आमन्त्रित सदस्यमा कल्पना घिमिरे चयन भएकी छन् ।
सञ्चारिका समुह रुपन्देहीका अध्यक्ष निरा गौतम (निरु)को अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उप महानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै अर्यालले पत्रकार महिलाले हरेक क्षेत्रमा कलम चलाउनु पर्ने भन्दै पुरुष पत्रकारसंग प्रतिस्पर्धामा जानुपर्ने बताईन । उनले सन्चारिका समुहले विभिन्न चरणमा गरेका कार्यक्रमहरुबाट स्थानीय तहको राम्रा नराम्रा दुवै खालको समाचारहरु बाहिर आएको बताइन् ।
त्यस्तैगरी सञ्चारिका सम्मान – २०८१ बाट संस्थाका सल्लाहकार रेखा भुसाललाई सम्मान गरिएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्य, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, समाजवादी प्रेस संगठन रुपन्देहीका अध्यक्ष विनोद परियार, संस्थाका सल्लाहकारहरु माया गौतम, दुर्गा पौडेल, रेखा भुसाल, अमृता अनमोल, अध्यक्ष निरा गौतम (निरु) उपाध्यक्ष मिना ढकाल र महासचिव अस्मिना पाण्डे लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम महासचिव अस्मिना पाण्डे (मिना)ले प्रस्तुत गरेकाे प्रगति प्रतिवेदन र कोषाध्यक्ष कल्पना डुम्रेले प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो । सञ्चारिका समूह ‘ समानताका लागि सञ्चार’ अभियान भन्नेमुल नाराका साथ स्थापित पत्रकार महिलाहरुको साझा संस्था हो ।