रुपन्देहीमा बालिका बलात्कार, आरोपी दुई जना पक्राउ

बुटवल — रुपन्देहीको सैनामैना नगरपालिकामा १४ वर्षीया बालिकामाथि जवरजस्ती करण भएको छ । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवतीसहित दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक आदित्यराज विष्टको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो ।
जबर्जस्ती करणी आरोपमा सैनामैना नगरपालिका(३ सरौलीका २५ वर्षीय सागर विश्वकर्मा र मतियारमा सोही स्थानको २१ वर्षीया कविता चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले बताए । रन्यौरा प्रहरीले उनीहरूलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बुटवलमा बुझाएको छ । पक्राउ परेकाहरूउपर जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्दा दायर गरी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।