अनेमसंघ समाजवादी रुपन्देहीको अध्यक्षमा चौधरी

2081 पौष 13 गते
अनेमसंघ समाजवादी रुपन्देहीको अध्यक्षमा  चौधरी

अखिल नेपाल महिला संघ समाजवादी रुपन्देहीको अध्यक्षमा आशा चौधरी निवाचित भएकी छन । शनिवार सम्पन्न अनेमंसंघ समाजवादी रुपन्देहीको दोश्रो जिल्ला सम्मेलनबाट चौधरी अध्यक्षमा चयन भएकी हुन ।

त्यस्तै उपाध्यक्षमा तारा घिमिरे,र गीता दुवे, सचिवमा सिता पोखरेल,सह सचिवमा संगिता पन्थी घिमिरे,कोषध्यक्षमा मालती अधिकारी चयन भएका छन ।

अधिवेशन ले ३१ सदस्यीय जिल्ला कमिटी सर्व सम्मत चयन गरेको हो । 

अध्यक्ष सरस्वती पोखरेलको अध्यक्षता भएको कार्यक्रममा  अनेमसंघ केन्द्रिय उपाध्यक्ष राज्यलक्ष्मि गैरेको प्रमुख आतिथ्यता रहेको थियो।  गैरेले कार्यक्रमकमा बोल्दै अनेमसंघ समाजवादी जनताको आवाज बनेर जनताको पक्षमा वकालत गर्नु पर्नेमा जोड दिईन । 

कार्यक्रममा  नेकपा  समाजवादी  पाटिका केन्द्रीय सदस्य तथा अनेमसंघ केन्द्रीय सदस्य भगवती अधिकारी,उमा काफ्ले,नेकपा  समाजवादी  पाटिका  पोलिटब्युरो सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज नन्द बन्जाडे,  पाटिका केन्द्रीय सदस्य तथा  अनेमसंघ प्रदेश अध्यक्ष लक्ष्मि भुसाल,पाटि केन्द्रिय सदस्य बाबुलाल यादवले लगाएतले  मन्तव्य राखेका थिए । कार्यक्रमकाे सन्चालन अनेमसंघ  समाजवादी लुम्विनी  प्रदेश सदस्य सारदा भट्टराइ पहारिले गरेकी  थिइन ।