राजनितीक नेतृत्वमा महिलाकोे सहभागिता बढाउनः अनुपम अभियान

एलिना आचार्य
रूपन्देही,
राजनैतिक नेतृत्वमा महिलाको सहभागिता बढाउन अभियान देशव्यापी रुपमा भइरहेको छ । सन् २०२३ देखि २०२७ सम्मका लागि देशव्यापी रुपमा अनुपम अभियान अघि सारीएको हो । अन्तरपुस्ता महिलावादी मन्चले ५ वर्षे अभियानको रुपमा थालिएको अभियानका विचारक रिता थापाले बताइन । संविधानले सुनिश्चित गरेको ३३ प्रतिशत महिलाको नेतृत्वमा उपस्थितीलाई प्रभावकारी बनाउन पनि यो अभियानको महत्व रहेको थापाले जनाइन । थापाले भनिन,“यो लडाई सम्पूर्ण महिलाहरुको हो । हामी दलगत राजनितिबाट माथि उठेर अहिले पुस्ताका लागि भएपनि सहज नेतृत्वको वातावरण मिलाउनको लागि एकजुट हुन आवश्यक छ, यो अभियान तपाई हामी सबैको हो ।”
अभिमुखीकरण कार्यक्रममा सहभागि सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले महिलाहरु एक भए जस्तो सुकै अवस्था पनि सहजै पार गर्न सक्ने बताइन । अधिकारीले भनिन,“महिलावादी चिन्तन समाजमा आवश्यक छ त्यती भए मात्र समता सम्भव छ ।”
अभिमुखीकरण कार्यक्रममा महिला जनप्रतिनिधि, सामाजिक क्षेत्रमा सक्रिय, व्यवसायी, संजालका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । संरचनागत, साँस्कृतिक, धार्मिक, आर्थिक हिंसा, महिलावादी अवधारणका विषयमा जानकारी समेत दिइएको थियो । कार्यक्रममा १६ वर्ष देखि ७२ वर्ष सम्मका उमेर समूहका महिलाको उपस्थिति रहेको थियो ।