मानव बेचविखन बिस्द्ध अन्तरदेशिय कार्यशाला

2081 पौष 15 गते
मानव बेचविखन बिस्द्ध अन्तरदेशिय कार्यशाला

uploaded picture

( नेपालगंन्ज ) 

मानव बेचविखन रोकथाम र न्यूनिकरण जस्तो संवेदनशिल मुद्दामा अन्तरदेशिय सञ्जाल माफर्त सहकार्य गर्नुपर्ने नेपालगन्जमा आयोजिक एक कार्यक्रमका सहभागिले सुझाव दिएका छन् ।मानव बेचबिखन तथा ओसारपसार विश्वभर मानवीय सुरक्षा, संगठित अपराध नियन्त्रण, मानवअधिकारको संरक्षण र सम्वद्र्धनका सन्दर्भमा एक गम्भीर चुनौतीका रूपमा देखा परेको समस्याको रूपमा रहेको सहभागिले बताएका हुन्् । 

आमरूपमा मानव बेचबिखन तथा ओसारपसारलाई बालिका र महिलाहरूको यौन शोषणका लागि हुने गरेको संगठित अपराधको रूपमा बुझिने गरेको भए पनि यसको राजनीतिक, विश्व व्यवस्था र अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक आयाम पनि रहेको छ ।

जिल्ला मानव बेचविखन रोकथाम संयन्त्र बाकेको आयोजना तथा माईती नेपालको संयोजनमा आयाजित एकदिने मानव बेचविखन बिस्द्धको अन्तरदेशिय कार्यशालाका सहभागिले सो कुरा औल्याएका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले मानव बेचखिनको जालोले समाजलाई नराम्रोसंग गाझेको बताउदै समन्वय, सहकार्यबाट मात्र यसको रोकथाम र न्युनिकरण सम्भव हुने बताए । उनले समाजलाई सचेत बनाउन सकेमात्र यो समस्या न्युनीकरण हुने जिकिर गरे  ।

कार्यक्रमका अध्यक्ष तथा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले खुला बोर्डरका कारण मानव वेचविखनको मुद्दा अत्यन्तै पेचिलो हुदै गएकोले दुबैदेशका नागरिक समाज, जिम्मेवार व्यक्ति सजग हुदै निगरानीसंगै सचेतनाका कुराहरुलाई अगाडि बढाउनु पर्नेमा जोड दिए ।

माइती नेपालका विश्वराम भट्टराई, मानव सेवा संस्था गोरखपुरका महेवुव शेष, दिल्ली प्रहरीका प्रहरी निरिक्षक केएल सिंहले मानव बेचविखनको अवस्थाका बारेमा प्रस्तुती गरेका थिए । ती प्रस्तुतीमा मानव बेचविखनको ट्रेण्ड फेरिएको, पहिला यौन तथा शाररिक बन्धक बनाई श्रम शोषण गर्ने उद्देश्य हुने भएपनि हाल भने मसाज सेन्टर, आर्केस्ट्रा, स्कृन ग्राफटीङ्ग, अंगप्रत्यारोपणलगायतका कार्यका लागि बेचविखन हुने गरेको बताईएको थियो ।

माईती नेपालको तथ्याङ्क अनुसार नेपालमा वर्षेनी करिव ४० हजार ३ सय कुनै न कुनै बाहानामा बेचविखनको चपेटामा पर्ने र यी मध्ये २६ हजार ५ सयको मात्र उद्दार हुने गरेको पाईएको छ । माईती नेपालका केशव कोईरालालले सहजिकरण गरको कार्यक्रममा नेपाल र भारतका मानव बेचविखनबिरुद्ध क्रियाशिल संस्था, राज्यका निकायहरुको सहभागिता रहेको थियो ।