तपाई राम्री हुन चाहानुहुन्छ ? बुटवल मेला जानुस् , ब्युटी फेयर चलेको छ

बुटवल, के तपाई राम्री हुन चाहानुहुन्छ ? बुटवल मेला जानुस् । जहाँ ब्युटी फेयर चलेको छ । बुटवलमा औद्योगिक व्यापार मेला संचालन गरेको बुटवल उद्योग वाणिज्य संघ बुटवलले मेलाभित्र पहिलो पटक व्युटी फेयर संचालन गरेको हो । त्यसमा राम्रा र सुन्दर हुन चाहानेलाई सुन्दर बनाइन्छ । सौन्दर्य सामाग्री बेचिन्छ । राम्रा र सुन्दर हुने तरिका सिकाइन्छ । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले मेलामा सौन्दर्य सामागैी किन्ने, सुन्दर हुन चाहाने र सौन्दर्य तथा छाला सम्बन्धी परामर्श दिन सहज बनाउन यसो गरेको बताउनुभयो ।
महिला उद्यमशिलताको विकासका लागि गरिएको व्युटी फेयरमा सौन्दर्य कलामा लागेका महिलाहरुका उद्यम तथा अन्य महिला उद्यमीहरुलाई समेत जोडेर १६ वटा स्टल राखिएको छ । त्यस्तै स्किन केयर, हेयर केयर र सौन्दर्यसंग सम्बन्धित विषयमा सेवासंगै विषयविज्ञद्वारा परामर्श, छाला, कपाल तथा नङ श्रीङ्गार तथा सजावटमा प्रयोग गरिने राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका प्रोडक्टहरु विक्रिका लागि राखिएको छ ।
बुटवल उद्योग वाणिज्य संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा यही पौष ३ गतेदेखि अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा सञ्चालन गरिएको औद्योगिक व्यापार मेलामा काठमाण्डौं उपत्यका बाहिर पहिलो पटक व्यूटि फेयर गरिएको हो ।
बुटवलमा जारी औद्योगिक व्यापार मेलामा आयोजना गरिएको व्यूटि फेयर २०८१ को उपाधि इरुम व्यूटि पार्लरकी ममता रानाले हात पार्नुभएको छ । उत्कृष्ट १२ मेकअप आर्टिस्ट बीच भएको ग्राण्ड फिनालेमा इरुमकी रानाले उपाधिसँगै २० हजार पुरस्कार सहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्नुभयो ।
प्रतियोगितामा फस्र्ट रनरअप सेजल व्युटीहोमकी सेजल प्रधान, र सेकेन्ड रनरअप सफल लुमी व्युटी होमकी दिपु शाहीले प्राप्त गर्नुभयो । उहाँहरुलाई क्रमशः १० हजार र ५ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिएको प्रतियोगिताकी संयोजक तथा मेला कार्यसम्पादन समितिकी सदस्य रेनु श्रेष्ठले बताउनु भयो ।
प्रतियोगितामा मेकप आर्टिस्टहरु श्रेया केसी, फेसन डिजाइनर अनुपा श्रेष्ठ र सामाजिक अभियन्ता कल्पना शिवाकोटी जुरी मेम्बरको भूमिका रहनु भएको थियो । तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको व्युटी फेयर २०८१ मा निःशुल्क परामर्श, महिला उद्यमीलाई प्रवद्र्धन, हस्तकलाका सामग्रीहरु बिक्री लगायतका स्टलहरु राखिएको व्युटी फेयर संयोजक श्रेष्ठले जानकारी गराउनु भयो ।
मेलामा आईतबार खुला लोक तथा दोहोरी गित प्रतियोगिता, डान्स च्याम्स अफ बुटवल लगायतका प्रतियोगिता भएका छन् । त्यसैगरी गायक राजनराज सिवाकोटी, लोक तथा दोहोरी गायक बैकुण्ठ महत, विष्णु श्रीपाली, लोकेन्द्र सापकोटा, मिसन भूसाल, हास्य कलाकार विष्णुजी पाण्डे, डान्सर साहिर केसी लगायतका कलाकारहरुको प्रस्तुती रह्यो ।
त्यसैगरी भोली ९सोमबार० लोक तथा दोहोरी गायक खेम सेन्चुरी, दिपक गरौंजा, सीता राना, शान्तारानी परियार, मोहन खड्का, रामप्रसाद पौडेल, पुष्पा राना, कल्पना परियार, व्यूटि रसाल, प्रेम विश्वकर्मा, लोक गायक कमला लम्सालको प्रस्तुती रहने छ । त्यसैगरी अफ्सर अलीको विशेष प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी गराउनु भयो । सोमबार नै खुला लोक दोहोरी प्रतियोगिता र भ्वाईस अफ बुटवल हुनेछ ।