मानव र वन्यजन्तुबीचको समस्या न्यूनीकरणका लागि सचेतना अभियान

नेपालगंन्ज ।
मानव र वन्यजन्तुबीचको समस्या न्यूनीकरण गर्न समुुदाय स्तरबाटै वातावरणीय न्याय, वन्यजन्तुबाट हुने क्षतिको राहत प्राप्त गर्ने प्रकृया लगायतका विषयमा सचेतना अभियान र वकालत हुनुपर्ने एक छलफलमा सहभागी भएका बताएका छन् ।
डुडुवा गाउपालिका वडा नं. ५ वरपरको क्षेत्रमा मानव र वन्यजन्तुबीचको समस्या बढ्दै गएको र जसका कारण उपभोत्ता तथा तिनका परिवारका सदस्यहरुलाई वन्यजन्तुले आक्रमण गर्न सक्ने कुरालाई लिएर स्थानीय चिन्तित छन् ।
समुदायमा बस्ने उपभोक्ताहरु घँसदाउराका लागि जंगल जाने भएकाले उनीहरु वन्यजन्तुको जोखिम भएको वडा नं ५का वडा अध्यक्ष झंक बहादुर थापाले बताए ।
“समुदायका स्थानीयहरु वन्यजन्तुको आनीबानी सँग परिचित छैनन् र उनीहरु वा उनीहरुको परिवारलाई कुनैपनि किसिमको क्षति भएमा राहत माग गर्ने प्रकृयाका बारेमा समेत जानकारी छैन”, उहाले भन्नुभयो ।
मानव वन्यजन्तु विच असमझदारी समाधानका लागि समुदायमा सचेना मुलक कार्यक्रममा सहभागीहरुले मानव–वन्यजन्तु समस्या न्यूनीकरणमा सम्बद्ध निकायले चासोका साथ काम गर्नुपर्ने बताए ।
कार्यक्रममा उपभोक्ता, यूवा क्लबका सदस्यहरुले समुदायमा सचेतनामुलक कार्यक्रमहरु गर्न सुझाव दिएका हुन ।
विकासको लागी हाम्रो प्रयास नेपाल बर्दियाको आयोजनामा डिभिजन वन कार्यालय बँके र डुडुवा गाँउपालीकाको समवन्यमा कार्यक्रम गरीएको हो ।
कार्यक्रममा सहजीकरण गर्दै डिभीजन वन कार्यालयको बँके वरिष्ठ वन अधिकृत तथा कार्यक्रमका प्रशीक्षक टंक वहादुर गुरुङ्घले वातावरणीय न्याय, जैबिक मार्ग प्रभावित क्षेत्रका स्थानीय चुनौती तथा अधिकार र मानव–वन्यजन्तु समस्या न्यूनीकरणका उपायबारे प्रस्तुती गर्नुभएको थियो ।
उहाले वन्यजन्तु प्रभावितहरुको राहत तथा क्षतिपूर्तिका लागि बनेको निर्देशिकाको व्यवस्था, प्रकृया र सुविधा लगायतका बारेमा पनि सहभागिसँग छलफल गर्नु भएको थियो ।कार्यक्रममा ३० जनाको जनाको सहभागीता रहेको थियो ।
यसैगरी बाकेको डुडुवा गाउपालिकाको वडा नं ४मा पनि मानव वन्यजन्तु विच असमझदारी समाधानका लागि एक दिने सचेतना मुलक कार्यक्रमको आयोजना गरीएको छ ।
बन्यजन्तुबाट पिडीत बाकेको डुडुवा गाउपालिका वडा नम्बर ४ स्थित स्थानियले राहत प्रक्रिया सजिलो बनाइ दिन माग गरेका छन । उनीहरुले राहत प्रक्रियामा अन्य कागजात सँगै स्थायी लेखा नम्बर माग्दा समयमा राहत पाउन नसेकाले प्रक्रिया सहज बनाउन माग गरेका हुन ।
बाकेको डुडुवा गाउपालिका वडा नम्बर ४ स्थित वडा अध्यक्ष सागिर खाले स्थानियहरुका समस्या समाधानका लागि यो छलफलले सहयोग पुग्ने बताउनुभयो ।उहँले राहत प्रक्रियाका क्रममा भोगेका समस्या समाधानका लागि पहल गरिदिन आयोजक संग माग गर्नुभयो ।
कार्यक्रममा डिभीजन वन कार्यालयको बाँकेको वरिष्ठ वन अधिकृत राज वहादुर चौधरीले मानव र वन्यजन्तु विचको समस्या न्युनिकरण, राहत प्रक्रिया र बिमा प्रक्रियाका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो ।
छलफलमा सहजीकरण गर्दै संस्थाकी मेनका चौधरीले वातावरणीय न्याय, निकुन्ज प्रभावित क्षेत्रका बासिन्दाका मुद्दा र मानव–वन्यजन्तु समस्या न्यूनीकरणका उपायबारे प्रस्तुती गर्नुभयो ।