श्रीमानले गरेको चक्कु प्रहारबाट रुपन्देहीको देवदहमा एक महिलाको मृत्यु

2081 पौष 27 गते
श्रीमानले गरेको चक्कु प्रहारबाट रुपन्देहीको देवदहमा एक महिलाको मृत्यु

बुटवल, श्रीमानले गरेको चक्कु प्रहारबाट रुपन्देहीको देवदहमा एक महिलाको मृत्यु भएको छ ।

देवदह नगरपालिका ८ का रुद्र खड्काले चक्कु प्रहार गर्दा श्रीमती कमला सेन खड्काको मृत्यु भएको हो । घरयासी विवादपछि शुक्रवार राति साढे ८ बजे देवदह ४६ वर्षिय रुद्रले आफ्नी ४३ वर्षिय पत्नीलाई चक्कु प्रहार गरेका थिए । 

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पोखरेलका अनुसार घरायसी विवादका कारण भनाभन भएपछि खड्काले श्रीमतीको शरिरका विभिन्न भागमा चक्कु प्रहार गरेका थिए । ततपश्चात स्थानीयले राति नै प्रहरीलाई खबर गरेका थिए । चक्कु प्रहारबाट घाईते भएकी कमलाको देवदह मेडिकल कलेज भलुही लगेपनि उनको उपचारको क्रममा मृत्यु भएको छ । अभियुक्त रुद्रलाई पक्राउ गरी इलाका प्रहरी कार्यालयमा ल्याइएको छ । उनलाई ज्यानमार्ने कसर अन्तरगत मुद्धा चलाउने प्रहरी नायव उपरीक्षक पोखरलले बताए ।