शिक्षकको कुटाइबाट बालकको आँखा फुटेको घटना लुम्बिनी प्रदेशका पूर्व मन्त्री भगवती अधिकारीद्धारा घटना अध्ययन

2081 पौष 29 गते
शिक्षकको कुटाइबाट बालकको आँखा फुटेको घटना   लुम्बिनी प्रदेशका पूर्व मन्त्री भगवती अधिकारीद्धारा घटना अध्ययन

बुटवल, नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाको एच पाठशालामा कक्षाकोठाभित्रै शिक्षकको कुटाइबाट विद्यार्थीको आँखा फुटेको घटना बाहिरीएपछि दोषिलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन सरोकारवालाहरुले दवाव दिन थालेका छन् ।

गत मंसिर १८ गते शिक्षक सन्जु चौधरीले प्लासिष्टकको लठ्ठीले हान्दा कक्षा युकेजीमा पढ्ने ६ वर्षिय प्रशान्त चौधरीको देब्रे आँखा फुटेको थियो ।

घटना बारे जानकारी पाउन साथ  लुम्बिनी प्रदेशका पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती अधिकारीले घटना अध्ययन गरेकी हुन । उनको नेतृत्वमा गएको टोलीले जिल्ला प्रहरी प्रमुख ज्ञानेन्द्र प्रसाद फुँयाल, प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ लगायतलाई भेटी घटनाको गहिरो अनुसन्धान गरी दोषिलाई तत्काल पक्राउ गर्न आग्रह गरेको छ । कुटाइबाट आँखा फुटेका बालक प्रशान्त चौधरी र उनका अभिभावकलाई भेटी स्वास्थ्य अवस्थाबारे बुझेको छ । साथै विद्यालय प्रशाशनलाई भेटी घटनाको विवरण बुझ्दै शिक्षकलाई कानुनी दायरमा ल्याउन सघाउन र विद्यालयमा भयरहीत तरिकाबाट पढाउन सुझाब दिएको छ ।

बाबु नरेन्द्रले पुस १६ गते शिक्षकको कुटपिटबाट छोराको अंगभंग भएको भन्दै इलाका प्रहरी कार्यालय बर्दघाटमार्फत उजुरी गरेका छन । प्रहरीले पुस १८ गते अदालतमा मुद्दा दायर गरी अभियुक्त शिक्षक सन्जुलाई पक्राउ गर्न अनुमति लिएपनि अझै पक्राउ गरेको छैन । शिक्षकको कुटाइमा आँखा फुटेका प्रशान्तको काठमाडौंको तिलगंगा आँखा अस्पतालले मंसिर १९ शल्यक्रिया गरेर प्रशान्तको फुटेर बाहिर निस्किएको नानीलाई भित्र राखिदिएको छ । चोटबाट बालकको देब्र आँखाको ज्योति गुमेको छ । उपचारका लागि एक वर्ष लाग्ने र २ वटा शल्यक्रिया गर्नुपर्ने चिकित्सकको सल्लाह अनुसार अभिभावकले हप्ताहप्तामा फलोअप गराइरहेका छन् ।



.

समाचार