औषधीको अभावमा द्वन्द्वपीडित परिवार

रुपा गहतराज, (नेपालगंन्ज)
बाकेको राप्तीसोनारी ३ –बैसाकी ३८ बर्षिय सुधा चौधरी सशस्त्र द्वन्द्वकी घाइते पीडित हुन् । उनको बाया खुटा अझै घोडा देखि मुनि अझै फोल्डीङ्ग गर्न मिल्दैन् । जाडोमा निकै समस्या हुन्छ । १७ बर्षको उमेरमा टाउको अनि छातीमा लागेको गोलीको असर अझै बाकि छ । बाया करङ्ग भाचिएको छ । उकालो ओरालो गर्न सक्दीनन् । जाडो बेला सास फेर्न पनि गाह्रो हुन्छ । बस्न उठन उनलाइ अझै गाह्रो हुन्छ ।खेतीपाती गरेर जिबिका निर्भाह गरीरहेको सुधाको परिवारमा श्रीमान् पनि घाइते पिडीत हन् ।
शरिरभरी छर्रा भएर उनि बेलाबेलामा बेहोस हुन्छन् । बाहिर शरिर राम्रो देखीएपनि भित्रबाट दुबैको शरीर खकुलो छ ।
द्वन्द्वले दुबैलाइ अपाङ्ग बनाइदियो कति पैसा खर्च भयो । कसरी बाचियो । जिन्दगाीको के मुल्य तोक्न उनी प्रतिप्रश्न गर्छीन् । सुधाका १३ बर्षिय छोरा मात्र छन् ।छोरा लाइ जसोतसो पढाउदैछन् ।
‘आफनो समस्या सुनाएर पनि के गर्नु आफनो दुख आफै संग छ ।अपाग भत्ताका लागि नाम लेखाउन जादा सबै हासे।बाहिर बाट केहि नभएपनि भित्र शरिरको कुनै अंगले काम गर्दैन् ।बडो मुस्कीलले दुइ बर्ष देखी अपाङ्गगता .भत्ता पाइरहेका छौ ।’
उनले भनिन्,‘त्यो पनि चौमासीक रुपमा आउछ ।त्यहि भत्ताको भरमा बाचिरहेका छौ । अचानक स्वास्थ्य समस्या भयो भने औषधी गर्ने पैसा हुदैन् । राज्यले औषधी उपचार गर्दैन् ।’
बाकेको बैजनाथ गाउपालिका–४ की पार्वती बुढाथोकीले विगतमा भोेग्नुपरेको क्रुर यातना र अमानवीय व्यवहारले अहिले पनि झस्काउछ । २०६१ सालमा राज्यपक्षले माओवादी भन्दै दिएको त्यो क्रुर यातना उनी सम्झन चाहन्नीन् । ‘रडले खुट्टैखुट्टामा पिट्थे । पानीको ठूलो ड्रममा मुन्टो गाडिदिन्थे,’ उनले ती दिन सम्झिँदै भनिन्, ‘त्यसैको असरले होला अहिले बोल्न पनि समस्या हुन्छ आवाज पनि सुकेको छ । कानमा चोट लागेकोले कान पनि सुन्दीन् ’। पेनकिलर नखाएसम्म बिहान उठ्न सक्दिन ।’
पार्वतीका श्रीमान् वैदेशिक रोजगारीमा छन् । नियमित रूपमा औषधी खानुपर्ने भएकाले श्रीमान्को कमाइले पुग्दैन । द्वन्द्वपीडित परिवारलाई लक्षित वर्गभित्र समावेश गरेर प्रदेश सरकारले स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य बिमा गरिदिए जीवनयापन गर्न सहज हुने पार्वती बताउछिन् ।
बँकेको बैजनाथ गाउपालिका वडा न २ बस्ने धनकली बुढा पनि बिरामी भएर थला परेको बर्षा भयो । शसस्त्र द्धन्द्धका बेलामा जाजरकोटमा राज्य पक्षले दिएको कुटपिट र यातनाले अहीले उनी थलिएकी छन् । त्यो बेलामा माओवादीलाई खाना दिन्छौै भनेर आखामा पट्टी बाधेर घर बाट लगेर मरासन्न हुने गरेर कुटपिट गरेर छोडिएको थियो ।त्यो बेला दिएको यातनाले अहीले सम्म पनि उनको शरिर थलिएको छ । औषधी भरमा चलेको उनको जिबन् ।
अहिले पनि उनी हिड्डुल गर्न त परको कुरा उनी बिस्तार बाट उठ्न समेत सक्दिन्न । जाडो मा उनका हातखुट्टा चल्दैनन् लठ्ठीको साहाराले हिड्नुपर्छ । ‘,एक दिन औषधी छुट्यो भने मरे मरे भन्ने हुन्छ घाटीको नसा च्यापिएको छ । ’औषधी अनिवार्य रुपमा नै चाहीन्छ ।’उनले भनिन्,‘ औषधी भएन भने बाच्न सक्दिन । ’
श्रीमाले भारतमा कमाएको पैसा दुइ छाक टार्न भर्न ठिक्क हुन्छ औषधी उपचार के ले गर्ने भन्ने चिन्ताले उनलाई सधै सताईरहन्छ ।
द्धन्द्धका बेलामा घाईते भएका द्धन्द्ध प्रभाबितहरुले औषधी उपचारको ब्यबस्था राज्यले गरिदिनुपर्ने माग राख्दै आएका छन् तर उनिहरुको आवाज कतै सुनुवाइ भएको छैन् ।
द्धन्द्ध पिडित घाईते उपचार राहत खर्च कार्यबिधि २०७७ कर्णाली प्रदेश सरकारले बनाएको छ । कर्णाली प्रदेश सरकारले कार्यबिधि नै बनाएर द्धन्द्धमा घाईते भएका अपाङ्गगता भएका द्धन्द्ध प्रभाबितहरुको औषधी उपचार खर्च वितरण गरिरहेको छ । तर लुम्बिनी प्रदेश सरकारले अझै पनि कार्यबिधि बनाएको छैन् ।जसले गर्दा द्धन्द्धमा घाईते भएका अपाङ्गगता भएका द्धन्द्ध प्रभाबितहरुले स्वास्थ्य सेवा पाउन सकेका छैन् ।
बाकेको कोहलपुर नगरपालिका वडा न ५ बस्ने ६८ बर्षिया चन्द्रकलाअधिकारीलाई छोराको लागि औषधी उपचार गर्न निकै समस्या भएको छ । बि .स २०५९ साल बैशाख १४ गते उनका जेठा छोरालाई कुटपिट गरेर घाईते बनाईयो ।‘ मरयौ भनेर छाडीएको छोरो जिउदो भएपनि अझै होसमा छैनन् । उनको मानसीक सन्तुलन कमजोेर छ ।कुटपिट बाट अचेत भएका उनि अझै पनि होसमा छैनन् । चन्द्रकलालाइ अहीले तिनै घाईते छोराको औषधी उपचार गर्न निकै सकस छ ।
उनलाई कुनै कुराको चेत छैन मान्छेहरुको भिडभाड देखे भने उनी अहीले पनि डराउछन् ।उनलाई नियमित रुपमा औषधी खुवाउनुपर्छ । त्यही औषधीको जोहो गर्न आफुहरुलाई निकै धौ धौ हुने गरेको चन्द्रकला बताउछिन् ।
उनी भन्छिन्,‘ मरयौ भनेर फालेर गए ।छोरा लाइ केहीगर्न नसक्ने बनाइदिए ।’ उनले भनिन्,‘हाम्रो समस्या कसले बुझिदिने म बुढीले कसरी कमाएर छोराको उपचार गरौ। ’
कोहलपुर सुकुम्बासी टोलमा बस्ने कली दमाईको पिडा पनि उस्तै छ । २०६१ सालमा श्रीमान बेपत्ता बनाउदा कलीले पाएको यातनाले उनि पनि थला परीन् । कलीले अहीले पनि नियमित रुपमाऔषधी खानुपर्छ । आफनो श्रीमान गुमाउदाको पिडा त छदैछ । आफनो लागि औषधी खर्चको जोहो गर्न नसक्दा झनै पिडा हुने कली बताउछिन् ।महिनामा पाचहजारको औषधी खर्च लाग्छ । कमाउने कोही छैनन् । सधै मागेर आषधी पाइदैन् ’। उनले भनिन् ,‘ हामी जस्ता स्वास्थ्य पिडीत लाइ सरकाले निशुल्क औषधीको ब्यबस्था त गरदिए हुने ।’
बाकेको बैजनाथ गाउपालिकाले पालिकास्तरस्य द्वन्द्वपीडित सञ्जाल गठनसगै कार्यविधि समेत निर्माण गरेको बैजनाथ गाउपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले बताए । ‘पालिकाले कार्यविधि बनाएको छ । सोही कार्यविधिअनुसार नै प्रत्येक वर्ष द्वन्द्व पीडितहरूका लागि बजेट विनियोजन गरिन्छ ।’ अध्यक्ष शाहीले भने, ‘शिक्षा, स्वास्थ्य, आयआर्जनमूलक क्रियाकलाप केमा खर्च गर्ने भनेर उहँहरू आफैले छलफल गर्नुहुन्छ ।’
राज्यले पनि द्वन्द्वपीडितहरूलाई सहयोग गर्नुपर्छ भनेर यस्ता कार्यक्रम अगाडि सारिएको शाहीले बताए । ‘संघ र प्रदेश सरकारले वकालत मात्र गर्छन् काम गर्दैनन्,’ उनले भने, ‘हामी स्थानीय सरकारले उनीहरूलाई सकेको भरथेग पनि गर्दै आएका छौ।’
मानव अधिकार्मी प्रकाश उपाध्यय लुम्बिनी प्रदेश सरकारले कार्यबिधि बनाएर द्वन्द्वपीडितहरू लाइ निशुल्क स्वास्थ्य उपचार उपचारको ब्यबस्था गराउन खासै गाह्रो कुरा नभएको बताउछन् । पहिला त द्वन्द्वपीडितको पहिचान गरी संख्या एकिन् गर्ने त्यो त्यति ठुलो संख्या पनि छैन’्। उनले भने,‘ नियत र प्राथमिकताको कुरा हो प्रदेश सरकारले स्वास्थ्य बिमा गराएर निशुल्क स्वास्थ्य उपचारको ब्यवस्था गर्न सक्छ । ’
.