मुलुकको समृद्धिका लागि नेकपा एस : सोम प्रसाद पाण्डे

2081 माघ 05 गते
मुलुकको समृद्धिका लागि नेकपा  एस  :  सोम प्रसाद पाण्डे

उषा किरण पन्थ,

नेकपा एकिकृत समाजवादीका  सचिव  सोम प्रसाद पाण्डेले पार्टी समाजवाद र मुलुकको समृद्धिमा पुग्ने गरी निरन्तर काम गर्दै आएको बताएका छन्। शनिवार, रुपन्देहीको बुटवलमा भएको प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै सचिव पाण्डेले मुलुकको अग्रगमन र सुशासनका लागि महाधिवेशनबाटै कार्यक्रम तय गरी अगाडि बढेको बताए।

सचिव पाण्डेले २०६४ को चुनावमा भन्दा २०७९ को चुनावमा बामपंथीको पक्षमा जनमत खस्किएको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलनको मर्मलाई आत्मसात गर्दै  कम्युनिष्टकाे उचाइ बढाउने जिम्मेवारी  नेकपा एसकाे काधमा आएकाे बताए। उनले सवै कम्युनिस्ट पाटिहरुलाइ उछिन्दै  नेपाली विशेषता सहितको समाजवादमा पुग्ने गरी नेकपा एस पार्टीले मात्रै  महाधिवेशनबाटै कार्यक्रम ल्याएकाे हुदाँ  अव त्यसकाे कार्यान्वयनमा लाग्न नेता तथा कार्यकर्तालाइ  आह्वान गरे।

पाण्डेले भने, “हामी सुसाशन र मुलुकको समृद्धिका लागि अठोटका साथ काम गर्दैछौं,  जनतालाई प्रभावकारी सेवा दिनका लागि प्रतिबद्ध छौं।” तपाइहरु  एकताबद्ध भएर अगाडी बढनुहाेस् । उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई  आग्रह गरे।


यस्तै कार्यक्रममा पार्टीका उपमहासचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज मेटमणी चौधरीले समाजवादी मोर्चालाई केन्द्रको निर्देशन अनुसार हरेक तहमा परिचालन गर्दै समाजवादको लक्ष्यमा पुग्ने बताए। 

बैठकमा पार्टीका सह-इन्चार्ज रमा घर्ती, अशोक कोईराला, अब्दुल हुसेन खाँ, नन्द बन्जाडे, उपाध्यक्ष वृहस्पती अधिकारी, उपसचिव अनारकली मिया, कार्यालय सचिव सुदन खनाल, केन्द्रीय सदस्य उमा काफ्ले, भगवती घिमिरे, सिद्धचरण भट्टराई, लक्ष्मी भुसाल, यादव बहादुर रायमाझी, अहमद अव्दुल लगायत जिल्ला तथा  प्रदेशका जनवर्गीय संगठनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।


बैठकले नेकपा एकिकृत समाजवादी पार्टी लुम्बिनी प्रदेश कमिटीको अधिवेशन फाल्गुन २१ गते गर्ने निर्णय गरेको छ।