उषा किरण पन्थ
भनिन्छ १२ बर्ष पछि खोला र्फकन्छ । हो हिजो आज म संग १२ बर्ष देखि हराएका साथिहरुको भर्चुअल भेटघाट हुन थालेको छ । निकै उल्लासपुर्णरुपमा हाइ बाट शुरु भएको बोली मन भारी गराउदै विदा हुन थालेका छन । मेरो कलेज पढ्दाको साथि होस या मेरो रुममेट या त कहि कतै साईनो लगाएका सम्बन्ध । एक पछि अर्को गर्दै जोडिनेक्रम बढ्दै गएको छ । ६० को दशक देखि शुरु भएको सम्बन्ध ७०को दशक शुरु हुदै गर्दा मैले भौतिकरुपमा स्थान परिर्वतन गरे पछि टाडिएको थियो। तर ८०को दशकको शेराेफेरोमा फेरी तिनै ६०को दशकका साथिहरु लाइन लगाएर एक पछि अर्को गर्दै भर्चुअल सम्बादमा आईरहेका छन । यसले मलाई केहि खुसि त अवश्य दियो तर खुसि संगै दुखि पनि पारिदियो । किन कि सम्बादकै क्रममा मैले भेटेका ति साथि, साथिका परिवार पहिले र अहिलेकाे स्थिती हरेक अवस्थाले निकै फरक पाए । कोही सम्पन्न शालि ,विपन्न बनेका थिए । कोही विपन्न ,सम्पन्न बन्दा बन्दै पारिवारिक किचलोमा गुम्सीरहेका थिए। म संग जति सम्बाद भयो कोही न कोही . केही न केही कुराले मन भारी बनाएको आभाष भयो । मन न हाे । सुखी , खुुसि र मिलनहुदा मात्तिने मन, दुख र विछाेडमा दुख्ने ,रुने भारी हुनु त स्वाभािवक नै थियाे । त्यसो त मेरो मन भारी हुदैन भन्न खोजेको होइन उमेर अनुसार हुने शारिरीक मानशिक परिर्वतन ,साथै साथिभाईका यस्तै दुख बेदनाका आवाजले मेरो मन झन भारी हुने गर्दछ । म निकै भावुक छु । मलाइ पनि साना साना कुराले मन छाेइहाल्छ। त्यसैले धेरै साथिहरु सम्पन्न हुदाहुदै विदेशीमोहमा विदेशतिरै हराएउन बाध्य भएको सुन्दा रोएको छु । कोहीका छोराछाेरीहरु दुर्वेशनिमा फसेका कारण पिडामा छु भन्दै रुदा तिनिहरुसंगै रोएको छु । केही साथिहरु आमाबुवालाई वास्तै नगरी आमाबुवालाई बेसाहारा बनाएर हिडेको सुन्दा मन भारी बनाएर रोएको छु । काेही साथि सम्बन्ध टुटेयाे भनेर रुदा सगै राेएकाे छु । त्यो भन्दा बढी अप्सनका रुपमा प्रयाेग भएकाे थाहा पाउदा मन भारी बनाएर रोएको छु ।
आखिर किन हुन्छ मन भारी
जीवनको यात्रामा दुख असहजता सगै कहिलेकाहीँ मन भारी हुनु एकदमै सामान्य कुरा हो। थाहा पाएर मन भारी हुदाँ त केही हद सम्म समस्याकाे समधान गर्न सकिएला तर कहिलेकाही कारण विना हाम्राे मन निकै भारी बनिदिन्छ । यस्तो अवस्थामा आफुले आफैंलाई
धेरै गहिराइमा पुराउछौ । कतिपय अवस्थामा के भइरहेको छ भनेर थाहा नै हुँदैन। यो भावनात्मक
उथलपुथले एउटा सकस पूर्ण अवस्था सृजना गरेको हुन्छ । जसमा आफ्नो भित्री
विचारहरूसँग जुधिरहेका हुन्छौं। तर, यसको पछाडि के कारण छन ।
हामीलाइ पत्तो नै हुदैन । जस्लाई हामी निकै प्रयास गर्दा पनि बुझ्न सकिरहेका
हुदैनौ ।
धेरै कुराहरु हाम्रो जीवनमा नियन्त्रण भन्दा बाहिर हुन्छन्। भविष्यको अनिश्चितता, रोजगार, सम्बन्ध, वा व्यक्तिगत लक्ष्यहरूका चिन्ताले मनलाई भारी बनाउँछ। हामीले सधैं यो सोच्ने गर्छौं कि "के हुनेछ?" वा "मैले सही निर्णय गरेको छु?" यस्ता प्रश्नहरूले
मनलाई अस्थिर बनाउँछन्।
कहिलेकाहीँ अतीतका
घटनाहरू, गल्ती, वा दुःखद अनुभवहरू मनमा
खेलीरहेका हुन्छन्। यी स्मृतिहरूले मनलाई अशान्त बनाउँछन्। हामीले गरेका गल्ती, गुमाएका अवसर, छुटेका सम्बन्ध, वा बाधिएका सम्बन्धहरु छुट्नेहुनकी यस्तै यस्तै त्रासयुक्त सोचहरूले मनलाई बेचैन
बनाएको हुन्छ।
हामीले आफूलाई धेरै गम्भीरतापूर्वक मूल्याङ्कन गर्न थाल्छौं। के
म सही मार्गमा छु? के मैले आफ्नो लक्ष्यहरू प्राप्त गर्न सके? यस्ता प्रश्नहरूले मनलाई
भारी बनाउँछन्। हामी आफूलाई अरूसँग तुलना गर्न थाल्छौं, जसले मनलाई अस्थिर
बनाउँदै लगिरहेको हुन्छ । समाज, परिवार, र मित्रहरूबाट आउने
अपेक्षाहरूले पनि मनलाई थिचोमिचो गर्छ । सामाजिक मिडियाको प्रभावले पनि मनलाई
सकारात्मक भन्दा नकारात्मक विचारहरूले छिट्टै प्रभावित पारिदिन्छन ।
अनि निन्द्रा हराउन थाल्छ । निद्राको अभावले जिउ संगै मन गल्दै
जान्छ, समयको निन्द्रा
हराउदा खानपानमा अनियमितता हुन पुग्छ र विस्तारै शारीरिक गतिविधि पनि कमहुदै जान्छ । त्यसकारण पनि मनलाई असर गर्दै जान्छ । शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्य
एकअर्काका परिपुरक हुन मन गले तन गल्छ । तन गले मन ।
जीवनको यात्राक्रममा
हामीले धेरै कुरा पाउछौ केही कुरा गुमाउछौ । पाएका कुराको खुसि क्षणिक बन्न
पुग्छ। गुमाएका कुराले जिवन्त दुखि बनाई रहन्छ । किनकी धेरैजसो हामी गुमाएका
कुराहरूमा मात्र ध्यान केन्द्रित गर्छौं, र पाएका कुराहरूलाई
बिर्सन्छौं। जीवनमा समय एकदमै मूल्यवान हो,यो फर्किएर आउँदैन ।
हामीले गुमाएको समयलाई सम्झदा मन दुःखी हुन्छ। त्यस्तै जीवनमा धेरै अवसरहरू आउँछन्, ति अवसर हामीले समयमै
प्रयोग गर्न वा चिन्न सक्दैनौं। त्यसकारण पनि मन भारी बन्छ।
कहिलेकाहीँ हामीले माया, विश्वास, वा सम्बन्धहरू
गुमाउँछौं। नपाउदा निकै महत्वपूर्ण लागेका सम्बन्ध पाउदा उचित व्यवस्थापन गर्दैनौ
वा आफुु संग हुदा त्यति महत्व दिदैनौ । जव त्यही सम्बन्ध टुट्न पुग्छ अनि फेरी
त्यही सम्बन्धको सम्झना पिरोलिदै मन भारी बनाउन पुग्छौ । अर्काे तर्फ हामी स्वास्थ्य जीवन यापन गर्नु भनेकाे ठुलाे खुसिको कुरा हो
तर यस्लाई पनि हामी स्वास्थ्य रहदा सम्म निकै वेवास्था गर्छौ । जव शरिर अस्वस्थ्य
बन्छ अनि हामीलाई अर्को दुख थपिन्छ र पछुताउन थाल्छौ । मैले समयमा नै आफ्नो
स्वास्थ्यलाई ख्याल गरेको भए आजको दिन देख्नु पर्ने थिएन । त्यहाँ पनि मनलाइ फेरी अर्काे भारी बाेकाइिदन्छाै ।
यसै कारण हामीले सिकेका कुराहरूले हाम्रो जीवनलाई अर्थपूर्ण
बनाउँछन्। जहाँ हामीले धेरै अनुभव बटुलेका हुन्छौ । ती जीवनको हरेक अनुभवले
हामीलाई बलियो बनाउँछ। जीवनमा नयाँ नयाँ मानिसहरू भेटिन्छन्, जसले हामीलाई नयाँ
दृष्टिकोण दिन्छन्। हरेक चुनौतीले हामीलाई आत्मविश्वासी बनाउँछ। जीवनमा देखिएका
हरेक भ्रम पूर्ण सपना वाट बाहिर निस्कीदै सबै कुरालाई आत्मस्वीकृत गर्दै अगाडी
बढ्न सकियो भने मन लाइ शान्त राख्न सकिने छ । पहिलो कदम भनेकै आफ्नो भावनाहरूलाई
स्वीकार गर्नु हो। मन भारी हुनु स्वाभाविक हो, र यसलाई नकार्नु आवश्यक
छैन। आफ्नो भावनाहरूलाई बुझ्ने प्रयास गर्नु अति आवश्यक छ । यस्तै आफ्नो
विचारहरूलाई लिपिबद्ध गर्न सकेमा यसले आफ्नो भावनाहरूलाई आफैले बुझ्न मद्दत गर्छ।
गुमाएका कुराहरूमा ध्यान दिनुको साथै, पाएका कुराहरूलाई समेत
सम्झन सके सकारात्मक सोचले मनलाई हल्का बनाउने छ। शारीरिक स्वास्थ्यलाई प्राथमिकता
दिदै नियमित निद्रा, योग, र ध्यानमा मन लगाउन सके
मनलाई शान्त हुने छ । आफ्ना निकट रहेका प्रियजनहरूसँग कुरा गर्ने, समय विताउने, घुम्न निस्कने गरेमा पनि मन धेरै शान्त हुन सक्छ । मन भारी हुनु जीवनको एउटा अंश
हो। यसबाट आतिन डराउनु आवश्यक त छैन। तर पनि भावनाहरूलाई बुझ्ने, स्वीकार गर्ने, र सकारात्मक दृष्टिकोण
अपनाउने प्रयास गर्नु नै महत्वपूर्ण कुरा हो ।जीवनमा गुमाएका र पाएका कुराहरू
दुवैले नै हामीलाई एउटा पूर्ण व्यक्ति बनाउँछन् । त्यसैले धरै अरु प्रति भन्दा पनि
आफुले आफ्नो मनलाई समय दिन सकियो र आफूले आफूलाई माया गर्न सकियो भने मात्र सार्थक
जिवन जिउन सकिन्छ । आफ्नो लक्ष्यमा पुग्न सकिने छ । अन्यथा त्यही भारी मनले सधैका
लागि मनोरोगी बनाई जीवन सक्काईदिने छ ।