बाकेमा ३५ हजार बढी किशोरीलाई एचपिभी खोप
( नेपालगंन्ज )
बाकेका ३५ हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप दिइने भएकोे छ ।
बाकेका ३५ हजार बढी किशोरीलाई माघ २२ गतेदेखि फागुन ६ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप दिइने भएको हो ।
खोप लगाउनका लागि अहिले जिल्लाका सबै पालिका तहका स्वास्थ्यकर्मीलाई तालिम दिने काम भइरहेको स्वास्थ्य कार्यालय बँकेले जनाएको छ ।
बँकेका आठ स्थानीय तहका विद्यालयमा अध्ययनरत ३३ हजार ३७५ र विद्यालय बाहिर रहेका दुई हजार ८५० गरेर ३५ हजार ४४ जना किशोरीलाई एचपिभी खोप लगाउने स्वास्थ्य कार्यालय बँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई खोप लगाइने छ।
जिल्लामा दुई चरणमा खोप अभियान हुने छ ।
स्वास्थ्य कार्यालय बाकेका प्रमुख अंगदबहादुर शाहीका अनुसार पहिलो चरणमा माघ २२ गतेदेखि नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउपालिकामा सात दिनसम्म खोप अभियान सञ्चालन हुनेछ।दोस्रो चरणमा राप्तीसोनारी, डुडुवा, नरैनापुर र बैजनाथ गाउँपालिकामा माघ ३० गतेबाट अभियान सञ्चालन हुनेछ ।