नागरिकले आशाभन्दा निराशा भोग्नु पर्याे : महासचिव भुसाल

बुटवल
नेकपा (एकीकृत समाजवादी पाटि )का महासचिव घनश्याम भुसालले संविधान निर्माण भएपछि नागरिकले आशाभन्दा निराशा भोग्नु परेकाे बताएका छन ।उनले अहिले नेपालि जनता उकुसमुकुुस भई अतालिएको बताए ।शुक्रबार बुटवलमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले अब नेपालमा कार्यक्रम र स्पष्ट एजेन्डा बोकेको पार्टी आवश्यक भएकाे जनाए ।
महासचिव भूसालले आफूहरू गणतान्त्रिक नेपालको एजेन्डा बोक्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउने अभियानमा रहेको बताए । उनले जनताको समस्या हल गर्दै आत्मनिर्भर कृषि प्रणालीबाट राष्ट्रिय पुँजीको विकास गर्दै रोजगारीको ग्यारेन्टी गर्न योजना र कार्यक्रम सहितको पार्टीको अवकाे आवश्यकता रहेको बताए । ‘युवा पलायन हुन बाट रोक्न, आर्थिक विकास गर्न, जिम्मेवार क्रान्तिकारीहरू एकजुट हुने बेला आएको छ ।’ उनले भने, ‘अहिले हामी यही काममा लागिरहेका छौं ।’
पाटिका अगुवा कार्यकर्तासमेत उपस्थित कार्यक्रममा महासचिव भूसालले संविधानका रक्षाका लागि विद्रोहबाट जन्मिएको नेकपा एकीकृत समाजवादीलाई अब संघर्ष र आन्दोलनबाट स्थापित गर्नुपर्ने निष्कर्षमा आफूहरू पुगेको बताए । उनले अबको एक वर्षभित्र नेकपा एकीकृत समाजवादी मुलुकमा आशा जगाउने पार्टी बन्ने दाबी गरे । उनले अब छिट्टै केन्द्रीय कमिटिको बैठकलगत्तै राजनीतिमा देखिएको सन्नाटालाई चिर्ने गरी जनताको बीचमा जाने बताए ।