जानकी गाउपालिकामा असहाय तथा अपांगता भएका लाइ कम्बल बितरण

2081 माघ 25 गते
जानकी गाउपालिकामा असहाय तथा अपांगता भएका लाइ  कम्बल बितरण


(नेपालगन्ज)

बाकेको जानकी गाउपालिकाले असहाय तथा अपांगता भएका व्यक्तिलाई कम्बल वितरण गरेको गरीएको छ । 

बाँकेको जानकी गाउँपालिका २ बेलभारका शारीरिक अपांगता भएका सहजराम कोरीले सोही कम्बल पाएर धेरै खुशी भएको बताए  ।

लामो समयदेखि आँखाको ज्योति गुमाउनु भएकी हसिनाले स्थानीय सरकारबाट प्राप्त गरेको कम्बलले आफनो आवश्यकता पुरा गरेकोमा गाउपालिकालाई धन्यबाद दिए । 

जानकी गाउँपालिका क्षेत्रभित्र बसोवास गर्ने असहाय, अपांगता भएका, जेष्ठ नागरिक सबैलाई सम्मान स्वरुप केही गर्नुपर्छ भन्ने उद्देश्य तथा स्थानीय सरकार घरदैलोमै छ भन्ने महसुस होस् भनेर कम्बल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विक बताए  ।

उक्त पालिकाको १ देखि ६ नम्वर वडामा रहेका जेष्ठ नागरिक, विपन्न र असहाय तथा अपांगता भएका व्यक्तिलाई नौ थान कम्बल वितरण गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत विकले जानकारी दिए । जाडो मौसममा चिसोले जेष्ठ नागरिक, विपन्न वर्ग र असहाय तथा अपांगता भएका व्यक्तिहरु विरामी पर्न थालेपछि गाउपालिकाले कम्बल वितरण गरेको हो ।

गाउपालिका अध्यक्ष छब्बन खाँले केही प्राविधिक कारणले कम्बल वितरण गर्न ढिला भएको बताउँदै आगामी दिनहरुमा पनि नागरिकका समस्या समाधानका लागि अन्य सेवा सुविधाहरु थप गर्दै जाने बताए ।

कम्बल वितरण कार्यक्रममा अध्यक्ष खाँ, प्रमुख प्रशासकीय अधिकृत विक, सामाजिक विकास समितिका संयोजक राम आचल धोवी, योजना शाखाकी प्रमुख शोभा पौडेल, प्रशासन प्रमुख गोपीचन्द्र चौलागाई, पालिकाका कर्मचारी लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।