नेकपा (एकीकृत समाजवादी) रूपन्देही जिल्ला कमिटीको बैठक सम्पन्न

बुटवल,
नेकपा (एकीकृत समाजवादी) रूपन्देही जिल्ला कमिटीको बैठक आज बुटवलस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ। बैठकले आगामी चैत ९ गते हुने जिल्ला अधिवेशनको तयारीस्वरूप विभिन्न उपसमितिहरू गठन गर्दै जिम्मेवारी तोकेको छ।
जिल्ला अधिवेशनको मूल समितिको संयोजकमा पार्टीका रूपन्देही जिल्ला उपाध्यक्ष चिनबहादुर गुरुङलाई चयन गरिएको छ। गुरुङको संयोजकत्वमा २४ सदस्यीय जिल्ला अधिवेशन सचिवालय गठन गरी अधिवेशनको तयारी अघि बढाइएको छ। भिम बहादुर क्षेत्रीको संयोजकत्वमा १५ सदस्ययी आर्थिक व्यवस्थापन उपसमिति , मिरा श्रेष्ठको संयोजकत्वमा १५ सदस्ययी प्रचार प्रसार उपसमिति,इन्द्र बहादुर राइको संयोजकत्वमा १७ सदस्ययी मन्च व्यवस्थापन समिति , कृष्ण थापाको संयोजकत्वमा १५ सदस्ययी सुरक्षा तथा स्वयमसेवक उपसमिति र टंक प्रसाद पोखरेलको संयोजकत्वमा १६ सदस्ययी राजनैतिक ,सांगठनीक प्रतिवेदन लेखन उप समिति गठन गरेको हो ।
बैठक पार्टीका रूपन्देही जिल्ला उपाध्यक्ष चिनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा पोलिटब्युरो सदस्य एवं रूपन्देही इन्चार्ज नन्दलाल बन्जाडे प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै, केन्द्रीय सदस्य भगवती अधिकारीसहित प्रदेश, जिल्ला तथा जनवर्गीय संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बैठकको सञ्चालन जिल्ला उपसचिव टंक पोखरेलले गरेका थिए।