जानकी गाउँपालिकामा दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

नेपालगंन्ज ।
बाकेको जानकी गाउँपालिका पालिकास्तरीय दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बुधबार गाउँपालिकाका अध्यक्ष छब्बन खाँले उद्घाटन गरे । मानपुरस्थित कन्या आधारभूत विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।
उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष खाँले शिक्षा र खेलकुद विकासको लागि गाउँपालिकाबाट हुने सहयोगमा कुनैपनि कसर नराख्ने बताए ।
यस्ता प्रतियोगिताले गाउँस्तरबाटै खेलाडी उत्पादन गर्नमा सहयोग गर्ने उनले बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार र दोस्रो हुने विजेतालाई २० हजार पुरस्कार रहेको जानकी गाउँपालिका युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख कृष्णाकुमारी भण्डारीले जानकारी दिइन् । उद्घाटन समारोहमा गाउँपालिकाका सामाजिक विकास समिति संयोजक रामआचल धोबी, विभिन्न शाखाका प्रमुख, कर्मचारी तथा स्थानीयको उपस्थिती रहेको थियो ।
प्रतियोगितामा विपेन्थर स्पोर्टस् क्लब, न्यू राईजिङ स्पोर्टस् क्लब, जोगागाउँ स्पोर्टस् क्लब, रम्भापुर स्पोर्टस्, सरस्वती क्लब, मानपुर क्रिकेट क्लब, गुरुवागाउँ स्पोर्टस् क्लब, रम्भापुर स्पोर्टस् क्लब, सिंह राईजिङ स्पोर्टस् क्लब, माउन्ट एभरेष्ट क्लब, बुढियागाउँ पठान पल्टन क्लब, न्यू शेरे क्लब, मानपुर स्पोर्टस् राईजिङ क्लब र गौरीनगर स्पोर्टस् क्लब गरी १३ वटा टिम सहभागी रहेका छन् ।