मेयरको स्वार्थ पूरा नभएपछि सामाजिक संजालमा प्रतिसोध

(नेपालगंन्ज)
बाकेको कोहलपुर नगरपालिकाका मेयर पुर्णप्रसाद आचार्यले बाकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल लाइ ‘भ्रष्ट’ भन्दै फेसबुकमा गालीगलौज गरेका छन् ।
शुक्रबार कोहलपुरका मेयर पुर्णप्रसाद आचार्यले रिजाललाई भ्रष्ट भन्दै सामाजिक संजालमा आरोपित गरे । यो बिषय सामाजिक संजालमा उनले लेखेका हुन् ।
तर कोहलपुरका मेयर आचार्यले बाकेका सिडिओे रिजालमाथि लगाएको आरोप निराधार र झुटो सावित भएको छ ।
बाकेका प्रमुख जिल्ला अधिकारी रिजालले प्रमाण ल्याएर आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।
आफुले भने अनुसारको नभएपछि कोहलपुरका मेयर पुर्ण आचार्यले अनावश्यक आरोप लगाएको उनले बताए ।
मेयरको स्टार्टसपछि प्रतिक्रीया दिदै सिडिओ रिजालले मेयरको इच्छा अनुसार नहुदा बदनाम गर्ने उद्देश्यले यस्तो स्टार्टस लेखेको खुलाएका छन ।
‘मेयरको स्वार्थ पूरा नभएपछि आफूमाथि साधीएको प्रतिसोध मात्र हो । ।उनले भने‘ उहाले भनेको स्कूलमा सेन्टर परेन । उहाको स्वार्थ पूरा भएन । त्यसैले फेसबुकमा लेख्नुभयो ।’
रिजालले मेयर आचार्यलाई प्रमाण लिएर आउन र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने भनिसकेको बताए ।
मैले मेयरलाई प्रमाण ल्याएर आउन भनिसकेको छु । यदि उसले प्रमाण ल्याउन सकेनन् भने कानूनी कारवाही गर्छु’, सीडीओ रिजालले भने ।
बिहिबार मात्र गृहमन्त्रालयमा सरुवा भएका सीडीओ रिजाललाई नैतिकरूपमा भ्रष्ट भएको र समाजलाई चौपट पार्न खोजेको गम्भीर आरोप लगाउदै मेयरले लामो स्टाटस लेखेका थिए । रिजालमाथि एसईईको परीक्षा केन्द्र निर्धारण गर्दा केही संस्थागत विद्यालयसँग सौदावाजी गरेको मेयर आचार्यको आरोप छ ।
रिजालले सार्वजनिक प्रशासनलाई पारदर्शी र सेवाग्राही मैत्री बनाउन जिल्ला स्थित सरकारी कार्यालयमा प्रभावकारी पहल गरेका थिए । नियमित बजार अनुगमन र कालोबजारी नियन्त्रणलाई प्राथमिकता पुर्वक अघि बढाएका थिए।
यसै प्रसंगमा एमाले बाकेका पुर्व प्रचार विभाग प्रमुख समेत रहेका अधिवक्ता प्रमोद धिताले मेयर आचार्यप्रती कटाक्ष गरेका छन् ।
धितालले मेयर आचार्य माथि लगाएको आरोप पुष्टि गर्नुपर्ने बताएका छन् । उनी लेख्छन्,“धेरै घण्टा भयो कोहलपुरका मेयर साबले सिडियो खगेन्द्र रिजालका बारेमा प्रमाण पेश गर्न सकेनन् । अन्तत अरूलाई आरोप लगाउनु अपराध हैन र ? मेयर साब ।