बुटवलमा लुम्बिनी प्रदेश स्तरीय मिडिया सम्मेलन हुने

बुटवल, संचार माध्ययममा देखिएका समस्याबारे छलफल गरी समाधानको बाटो तय गर्न भन्दै बुटवलमा लुम्बिनी प्रदेश स्तरीय मिडिया सम्मेलन हुने भएको छ ।
प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले पछिल्ला दिनमा संचार माध्यमहरु धरासायी हुँदै र बन्द हुँदै गएको बेला मिडियालाई कसरी चलायमान बनाउने र जोगाउने भन्ने आधारहरु तय गर्न सम्मेलन आयोजना गर्न लागेको हो । आउदो शुक्रबार र शनिबार आयोजना गरिने मिडिया सम्मेलनबाट मिडियामा देखिएका चुनौति छलफल गरी अवसर र सम्भावको खोजी गर्ने लक्ष्य छ । सम्मेलनमा देशका ठूला मिडियाका संचालक, पत्रकारिताका वरिष्ठ व्यक्ति र विज्ञहरुको सहभागिता रहने छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनी अध्यक्ष कुँवरले सम्मेलनमा परम्परागत मिडियाः आजको अवस्था र भोलिको बाटो विषयमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र अन्नपूर्ण मिडिया नेटवर्कका रामेश्वर थापाले आफ्ना अनुभव राख्ने बताउनुभयो । त्यस्तै छापा माध्यम, किन र कसका लागि , अनलाइन खवर किन, किन फस्टाउन सकेन विज्ञापन बजार लागयतका बारेमा अन्तरसंवाद हुनेछ । सम्मेलनमा छापा, विद्युतिय र अनलाईन तिनै प्रकारका संचारमाध्ययममा छलफल हुनेछ ।
त्यस्तै छापा माध्यम, किन र कसका लागि रु भन्ने विषयमा पनि सम्मेलनमा छलफल हुने छ । जसमा आर्थिक अभियान दैनिकका प्रधान सम्पादक मदन लम्साल र सौर्य दैनिकका प्रधान सम्पादक बोधराज त्रिपाठीले आआफ्ना प्रस्तुतीहरु प्रस्तुत गर्नु हुने छ । त्यसैगरी सम्मेलनमा ‘के अनलाइन पत्रकारिता सधैका लागि हो रु’ भन्ने विषयमा पनि छलफल हुने छ । त्यसका लागि अनलाइन खवरका धर्मराज भुसाल र बाह्रखरी मिडियाका प्रतिक प्रधानले प्रस्तुती राख्ने कार्यतालिका रहेको अध्यक्ष कुँवरले जानकारी दिनुभयो । यसैगरी ‘किन फस्टाउन सकेन विज्ञापन बजार रु भन्ने विषयमा छलफल हुने छ । जसमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मिडिया र बजारका बारेमा आफ्ना अनुभव र तर्कहरु प्रस्तुत गर्नु हुने छ ।
सम्मेलनमा अनेक संस्थाः नियमन कि नियन्त्रण रुभन्ने विषयमा छलफल हुने छ । जसमा नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियार, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का र गीत संगीत रोयल्टी संकलन समाजका सुरेश अधिकारीले प्रस्तुती राख्ने कार्यक्रमको कार्यतालिका रहेको छ । यस्तै सम्मेलनको सातौं सत्रमा “सम्बन्धः पत्रकार र पत्रकार महासंघकोः के भयो रु के हुँदैछ रु भन्ने विषयमा छलफल हुने छ । जसमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, पुर्व अध्यक्ष विपुल पोखरेल र दैनिक लुम्बिनीका सम्पादक शेरबहादुर केसीको प्रस्तुती राख्नु हुने कार्यक्रम रहेको समाजका सचिव माधव नेपालले जानकारी दिनुभयो ।
समाजका उपाध्यक्ष विष्णु भुसालका अनुसार विज्ञहरुका प्रस्तुतीपछि संक्षिप्त प्रश्नोत्तर समेत गरिने छ । मिडिया सम्मेलनले सञ्चारमाध्यमहरुको विद्यमान अवस्था, अव गर्नुपर्ने काम र भावी कार्यदिशा तय गर्ने गरी सम्मेलनले ठोस कार्ययोजना बनाउने छ । मिडिया सम्मेलनले सञ्चारमाध्यमले आगामी दिनमा तय गर्नुपर्ने विषयवस्तुबारे स्पष्ट मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ । सम्मेलनमा रेडियोहरुको विषयमा छुट्टै प्रस्तुती नराखिए पनि सहभागी विज्ञहरु नै रेडियो सञ्चालक समेत भएकाले एफएम रेडियोका समस्या पनि उजागर हुने छ ।
.