नेपालबाट राजतन्त्र घाटमा सेलाईसकेकाले ब्यूझिएर आउने सम्भवना छैन : घनश्याम भुसाल

2081 चैत्र 09 गते
नेपालबाट राजतन्त्र घाटमा सेलाईसकेकाले  ब्यूझिएर आउने सम्भवना  छैन : घनश्याम भुसाल

रुपन्देही 

नेकपा (एकिकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेपालबाट राजतन्त्र घाटमा सेलाईसकेकाले त्यो ब्यूझिएर आउन सम्भव नरहेको बताउँदै यसका लागि गणतान्त्रिक शक्तिहरुमा सुधारको खाँचो रहेको औल्याए । उनले राजनीतिले सहि दिशा लिन नसक्दा राजाबादी  शक्तिहरु सलबलाएको बताएका छन् । पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियता र उनको समर्थनमा भएका प्रदर्शनतर्फ लक्षित गर्दै अब त्यस्ता शक्तिलाई निस्तेज पार्न राजनीतिक हस्तक्षेपको आवश्यकता रहेको बताए । नेकपा एकिकृत समाजवादी रुपन्देहीको १० औं जिल्ला अधिवेशनको उद्घाटन समरोहलाई शनिबार बुटवलमा सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन् । 

उनले १० बर्षमा रोजगारी सृजना गरी राष्ट्रिय पूँजीको विकास गर्ने र मुलुकमा भ्रष्टाचार नगर्ने गरी राष्ट्रिय ऐजेन्डा बनाउन सर्वदलीय सम्मेलनको प्रस्ताव गरेको समेत बताए । मुख्य तीन दलका नेताहरुप्रति संकेत गर्दै भुसालले भने ‘यिनीहरुले अहिले सुन्दैनन, दम्भ, घमण्डले सुन्दैनन’ उनले भने –‘जब अराजनीतिक मान्छेहरुले लखेट्न थाल्छन् बल्ल बुझ्छन् ।’ उनले बाहिरबाट हेर्दा सारा नेपाल बौलाएजस्तो देखिएको बताउँदै मुख्य समस्या गरिवि, बेरोजगारीले जन्माएको निराशाको परिणाम भएको बताए । 

 

यस्तै कार्यक्रममा नेकपा एकिकृत समाजवादीका उपमहासचिव तथा  लुम्बिनी प्रदेश इन्चार्ज  मेटमणी चौधरीले संविधानको रक्षाका लागि आफूहरुले एमालेबाट विद्रोह गरेको बताए । उनले अहिलेको राजनीति पनि आफूहरुको पार्टीकै वरिपरि घुमेको बताए । उनले एमाले कांग्रेसको औचित्य समाप्त भएको बताए । उनले एकीकृत समाजबादी पाटि अहिलेको बैकल्पीक शक्ति भएको र छिट्टै आफुहरुको नेतृत्वमा सरकार बन्ने बताए । 

यस्तै सचिव तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले नेपाली बिशेषताको समाजवादको कार्यक्रम ल्याउने पहिलो पार्टी नै आफूहरुको भएको बताए । उनले नेपाली बिशेषताको समाजवादको कार्यक्रम, त्यसबाट समृद्धि र कम्यूनिष्ट एकताको कुरा गरेको बताए । उनले सिन्द्धान्त र नितिका हिसावले नेकपा एकीकृत सामजवादी पार्टि बलियो पार्टि भएको बताए ।

अधिवेशन उद्घाटन सत्रमा नेकपा एकिकृत समाजवादीका पोलिटब्यूरो सदस्यहरु नन्दलाल बन्जाडे, रमा घर्ती, अब्दुल खाँन, केन्द्रीय सदस्य लक्ष्मी भुसाल, मोहम्मद अब्दुल जिल्ला उपाध्यक्ष चिन बहादुर गुरुङले आफूहरुको ऐजन्डा सहि भएकाले सवै तह तप्कामा  एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । 

 कार्यक्रममा नेकपा मालेका स्थायी कमिटि सदस्य गोपालमणि भट्टराई, पूर्व सांसद रामचन्द्र भट्टराई, नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसि, नेकपा रुपन्देहीका अध्यक्ष शरद वली, राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष टानबहादुर केसी,रास्वपा रुपन्देही सचिव विष्णु प्रसाद पौडेल लगायतले बोल्दै अधिवेशन सफलताको शूभकामना दिएका थिए । समाजवादीको शनिबार उद्घाटन सत्र र आईतबार बन्दसत्र हुने कार्यवाहक अध्यक्ष श्रीराम यादवले जानकारी दिए । आईतबार बन्दसत्रमा सांगठिक लगायतका विभिन्न प्रतिवेदन र प्रस्तावहरुमाथि छलफल गरी नयाँ नेतृत्व चयन गर्ने उपसचिव टंक पोख्रेलले बताए ।