एकल महिलाका लागि नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

2081 चैत्र 10 गते
एकल महिलाका लागि नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न


बुटवल – एकल महिलाका लागि नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम बुटवलमा सम्पन्न भएको छ । तालिममा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले एकल भएकै कारण अवसरबाट वन्चीत हुनु नपर्ने बताउनुभएको छ । एकल महिलाहरुलाई सवल बनाउन सीप विकास, क्षमता विकास र उद्यमका लागि बिउ पूँजीको लागि समेत काम गर्ने उहाले बताउनुभयो ।

परिवर्तनका लागि महिला समुह बुटवल नेपालले बुटवलमा आयोजना गरेकोे एकल महिलाका लागि नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम कार्यक्रम लागि क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम समापनमा बोल्दै उहाले उमेर, शिक्षा र आवश्यकता अनुसार सीप सिक्न एकल महिलाहरुलाई आग्रह समेत गर्नुभयो । 

कार्यक्रममा बोल्दै जनप्रतिनिधि माया दर्नाल, पवित्रा श्रेष्ठ लगायतले एकल भएकै कारण घरभित्र वेदनामा पिल्सिएका महिला अब बाहिर निस्केर खुसी र आत्मनिर्भर हुन आग्रह गर्नुभयो । 

परिवर्तनका लागि एकल महिला समूहका अध्यक्ष रिता सेनले विभिन्न कारणले श्रीमान्को साथ छुटेपनि जीवनमा हिम्मत नहार्न एकल महिलाहरुलाई सुझाब दिनुभयो । उहाले द्दरभित्र सिमित महिलालाई बाहिर ल्याउन र बाहिर निस्केका महिलालाई सीप र क्षमता सिकाउन व्यक्तिगत रुपमा आफू र आफ्नो संस्था पनि लागिपर्ने उहाले बताउनुभयो । 

परिवर्तनका लागि एकल महिला समूहले बुटवल उपमहानगर पालिकाको सहकार्यमा बुटवलमा चैत ६ गतेदेखि १० गतेसम्म ५ दिन नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम कार्यक्रम आयोजना गरेको थियो । तालिममा बुटवल उपमहानगरपालिका भित्रका १९ वटै वडाको प्रतिनिधित्व हुनेगरी ७० जना एकल महिला सहभागी थिए । 

तालिम बुटवल उपमहानगरपालिका उप प्रमुख साबित्रादेवी अर्यालको प्रमुख आतिथ्यमा र संस्थाका अध्यक्ष रीता सेनको भएको थियो । तालिममा बुटवल उपमहानगरका आर्थिक तथा सामाजिक समन्वय महाशाखा तुलसा अर्याल, उपनिर्देशक दामोदर ज्ञवाली, बुटवल हस्पिटल प्रालिका महिला रोग विशेषज्ञ डा. विन्दु खरेल, संचारीका समूह लुम्बिनी अध्यक्ष अमृता अनमोल र नागरिक समाज रुपन्देहीका सचीव तुल्सा शर्माले सहजीकरण गर्नुभएको थियो । तालिममा महिला जनप्रतिनिधि, एवं कार्यपालिका सदस्य निलम गौतम, न्यायपालिका सदस्य इन्दिरा ज्ञवाली, महला सदस्य पवित्रा श्रेष्ठ, माया दर्नाल, माया  परियार लगायतले सहभागीहरुलाई शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाको संचालन सचिव सावित्रा घिमिरेले गर्नुभएको थियो भने कार्यक्रममा धन्यवाद  ज्ञापन कला केसीले गर्नुभएको थियो । 


.

समाचार