अस्पतालको शैयाबाट न्यायको याचना

कुटिए मजदुर
(नेपालगंन्ज )
डेढ बर्ष बैदेशिक रोजगारीका लागि साउदी बसेका उनि पाच महिना अघि घर फर्किए । कम्पनी बन्द भएपछि घर फर्कनुको बिकल्प भएन् ।राप्तीसोनारी गाउपालिका २ राजपुरका २९ बर्षिय चन्द्र परियार अंकित पढाइ लेखाइ धेरै नभएपछि उनले गाउमै कुनै रोजगारी पाएनन् । अनि गाउमै गिी बालुवा उठाउने घाटमा काम गर्न थाले ।डेढ महिना अघि घाटमा रोयल्टी उठाउने काम गर्दै आएका परियार अहिले अस्पतालको बेडमा जिबन संग सर्घष गरीरहेका छन् ।
१५ हजारको तलबमा काम सरु गरेको डेढ महिना मात्र पुगेको थियो । नदीजन्य पदार्थका विषयमा एक समुह आएर जबरजस्ती गिी बालुवा झिक्न थालेपछि उनले केरकार गर्दा हतीयारधारीहरु उनि माथि खुकुरी प्रहार गरेर आक्रमण गरेका छन् । पटक पटक खुकुरी प्रहार बाट उनको दाया खुट्टाका नचल्ने अवस्थामा पुगेको छ ।
उनको दाया खुट्टाको हड्ढी भाचीएको छ । टाउको अनी ढाडमा चोट लाग्दा उनि बिस्तारा बाट उठन सक्ने अवस्थामा छैनन् । उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेकोे छ ।
‘मैले आफुलाइ दिएको जिम्मेवारी निभाइरहदा बिनौनाका बाले भनिने बालकृष्ण ओली आएर समिर र सेण्डीको इलाकामा कसैको केही नचल्ने भन्दै मलाइ सुरुमा धम्काए ।मैले बिनम्रता पुर्वक आफु कामदार भएको बताएपछि उनिहरु मेरो जात लाइ लिएर बिभिन्न गाली गलौच गरे । परियारले ले भने,‘काम गरेको डेढ महिनामात्र भएको थियो । कुनै झगडा दुस्मनी बिना आज मेरो यस्तो अवस्था भयो आफैलाइ आफैले माया मारीसकेको थिए । धन्न बाचे । ’
बिपन्न दलित परिवारका परियार घरका जेठा छोरा हन् । उनी माथि आमा बुवा पत्नी भाइ बहिनीको जिम्मेवारी छ । सात बर्षिय छोराको भबिष्य छ ।‘अब परिवारलाइ कसले हेरीदेला बिदेश जादा लिएको सात लाख ऋण छ ।त्यो कसरी तिर्ने । अब कहिले आफनो खुट्टामा उभिन पाउने होला ।’उनले भने, ‘ मलाइ यस्तो अवस्थामा पुरयाउने लाइ कुनै कारवाही छैन् । प्रहरीले नाम समेत किटान गर्दा पनि जाहेरी दर्ता गर्दैन् । हामी जस्तो गरीब अनि दलितको कोही आफनो हुदैन् ।’
राप्ती सोनारी गाउपालिका वडा नम्बर ३ स्थित चैत १५ गते सिनाबासमा उक्त घटना भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । घटनामा संलग्न राप्ती सोनारी गाउपालिका वडा नम्बर ५ बिनौनाका बाले भनिने बालकृष्ण ओली फरार रहेको उनले बताए ।
नदीजन्य पदार्थका विषयमा दुई समुहबीच विवाद हुदा घटना हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको अनुसन्धान चलिरहेको डिएसपी भण्डारीले बताए ।