नेपाल तरुण दल अध्यक्ष गुरुङ ःनेपाल तरुण दल पाचौं महाधिवेशन उन्मुख

(नेपालगंन्ज )
नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले नेपाल तरुण दल पाचौं महाधिवेशन उन्मुख भएको कुरा उल्लेख गर्दै विभिन्न जिल्लामा पुर्णकालिन फारम र प्रारम्भिक सदस्यता फारमहरु बितरण भइरहेको कुरा बताएका छन् ।
बाकेको तेस्रो जिल्ला सम्मेलनलाई विशेष अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष गुरुङले विभिन्न जिल्लामा अधिवेशनको प्रक्रियाहरु सुरु भैसकेको जानकारी दिदै पुर्णकालिन फाराम मार्फते विभिन पार्टिमा असन्तुष्ट युवाहरुलाई नेपाल तरुण दलमा आउन आह्वान गरे ।
विगतमा गएको भुकम्पमा जाजरकोटमा अस्थायी टहरा निर्माण गर्न काठमाडौं बाट हिडेको नेपाल तरुण दलको टोलिलाई बाके जिल्लाले सहायताको हात अघि बढाएको क्षणलाई स्मरण गर्दै जिल्लाको पार्टी पंक्ति र भात्री संगठनहरुलाई धन्यवाद दिए ।
राजावदिहरु प्रती आक्रोशित हुँदै अध्यक्ष गुरुङले बिष्णु भगवानको अवतार राजा हो भन्ने भ्रम छरेको कुरा बताउदै भगवानको मुर्तीहरुनै राजा महाराजाहरुले विदेशमा लगेर बेच्ने गरेको कुरा बताए ।
नेपाल जनताहरु के कुरामा असन्तुष्ट छन घरघरमा गएर छ्यालिस(४६) साल र ६२÷६३ पछाडी नेपाली काङ्ग्रेसले जनताको चाहना बमोजिम गरेका कार्यहरु बुझाउदै निरासा चिर्न नेपाल तरुण दलको हरेक सदस्यहरुले भुमिका खेल्नु पर्ने बताए
हिजो चुनावमा हारेका र सहकारि ठगहरु नै राजावादी बनेर हिडेको कुरा उल्लेख गर्दै अध्यक्ष गुरुङले अन्त्यमा ज्ञानेन्द्र शाह सङ यिनिहरुलै मिल्न जाने कुरा बताए । ।
जिवनभर आफुलाई राष्ट्रप्रती समर्पित गर्नुभएको नेपालको लोकतान्त्रिक गणतान्त्रिक संविधानको पिता, नेपाली काङ्ग्रेसको पुर्व पार्टी सभापती ,पुर्व प्रधानमन्त्री सुशिल कोइरालाज्युको जिल्लामा आयेर आफनो कुरा राख्न पाउदा गौरव महसुस भएको कुरा बताउदै अध्यक्ष गुरुङले तानाशाही राजतन्त्रको अन्त्य गरि नेपालमा लोकतन्त्र गणतन्त्र स्थापना गर्न नेपाली काङ्ग्रेसले महत्त्वपूर्ण भुमिका खेलेको जीकिर गरे ।
नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले बंश र बन्दुकको आधारले हैन नेपाली जनताले आफना चाहनाले मत हालेर यो राष्ट्र हाक्ने व्यवस्थाको निर्माणमा नेपाली काङ्ग्रेसले अहम भुमिका खेलेको कुरा बताए ।
अध्यक्ष गुरुङले बर्तमान समयमा सामाजिक सन्जाल उच्छृखल तरिकाले प्रयोग भैरहेकोमा चिन्ता व्यक्त गर्दै यसको सहि तरिकाले सदुपयोग गर्नुपर्ने कुरामा जोड दिए ।
तिनकुने घटनाको पुर्ण छानविन गर्दै उक्त घटनामा प्रत्यक्ष या अप्रत्यक्ष रुपमा सम्मिलित जुनसुकैलाई पनि कानुनी दायरामा ल्याएर देशद्रोहीको मुद्दा प्रक्रिया अगाडि बडाउन नेपाल सरकारलाई आग्रह गरे ।