चेल्सीका गोलकिपर केपा लोनमा बर्नमाउथ पुगे
२९ वर्षीय केपा सन् २०१८ मा एथ्लेटिक विल्वाओबाट ७१ मिलयन पाउण्डमा चेल्सीमा अनुबन्ध हुँदा विश्वकै महंगो गोलकिपर बनेका थिए । यसै साता स्पेनका अन्तर्राष्ट्रिय खेलाडी केपाले चेल्सीसँग सम्झौता नवीकरण गरेका थिए । उनको सम्झौता २०२५ को अन्तिसम्म छ ।
केपाले गतसिजन स्पानिस जायन्ट रियलम ड्रडमा लोनमा बिताएका थिए । जहाँ उनले घाइते भएका गोलकिपर थिबाउट कोर्तवाको स्थान लिँदै २० खेल खेलेका थिए । केपाले गत सिजन रियलबाट ला लिगा र च्याम्पियन्स लिग जितेका थिए ।
चेल्सीले सम्झौता नवीकरण गरेपछि केपालाई फ्रि ट्रान्सफरमा गुमाउने अवस्थालाई टारेको छ । बर्नमाउथले केपाजस्तो खेलाडीलाई टिममा अनुबन्ध गर्न पाउँदा उत्साहित भएको जनाएको छ ।